News Portal

प्रधानमन्त्री ओली : भ्रष्टाचार नियन्त्रण स्टन्टबाजी होइन, सरकार गम्भीर रूपमा लागिपरेको छ

प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्।

संगीता गुरुङ
२५१ पटक

माघ १६, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रणलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन्। बुधबार काठमाडौंमा आयोजित प्रथम युवा कानुन व्यवसायी सम्मेलनको उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार हुन नदिने र भए नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले सरकारको नेतृत्वमा आफू रहेको बताउँदै कुनै पनि हालतमा भ्रष्टाचार हुन नदिने र यदि भएको थाहा पाए नियन्त्रण गर्ने स्पष्ट गरे। “भ्रष्टाचार नियन्त्रण गर्नैपर्छ। सरकारले म भ्रष्टाचार गर्दिन, अरूलाई पनि गर्न दिन्न भनेको छ। थाहा पाएसम्म भ्रष्टाचार हुन दिन्न, भए नियन्त्रण गर्छु। यो कुनै स्टन्टबाजी होइन,” उनले भने।

प्रधानमन्त्री ओलीले पछिल्लो समय आफू र आफ्नी श्रीमती राधिका शाक्यबारे फैलाइएका अफवाहहरूको खण्डन गरे। उनले सामाजिक सञ्जालमा शाक्यको नाममा स्वीट्जरल्यान्डको बैंकमा ४१ करोड डलर रहेको भन्ने भ्रामक प्रचार गरिएको भन्दै आपत्ति जनाए। “हिजो बिहान फेसबुक हेर्दा कसैले हिन्दीमा भनेका रहेछन्— नेपालका प्रधानमन्त्रीको श्रीमतीको खातामा ४१ करोड डलर छ। यस्तो झूटा कुराले अब त रिस उठ्न पनि छोड्यो, बरु मजा लाग्छ,” उनले टिप्पणी गरे।

प्रधानमन्त्री ओलीले सरकार इमानदार र निष्ठावान रूपमा भ्रष्टाचार नियन्त्रणमा क्रियाशील रहेको बताउँदै गलत सूचना फैल्याएर जनतालाई भ्रममा पार्ने प्रयास सफल नहुने स्पष्ट पारे।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...