News Portal

शहादतको सम्मान: देशभर सहिद दिवस मनाइँदै

प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूको सम्झनामा आज देशभर सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदैछ।

संगीता गुरुङ
२१७ पटक

काठमाडौं, माघ १६ – प्रजातन्त्र स्थापनाका लागि बलिदान दिने सहिदहरूको सम्झनामा आज देशभर सहिद दिवस विविध कार्यक्रम गरी मनाइँदैछ। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमसहित सहिद सप्ताह मनाइएको छ। विसं २०१२ देखि तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा माघ १६ गते सहिद दिवस मनाउने परम्परा सुरु भएको हो। विसं १९९७ मा राणा शासकविरुद्ध स्वतन्त्रताको माग गर्दा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएको थियो। उनीहरूको बलिदानको सम्मानस्वरूप सहिद सप्ताह मनाउने गरिन्छ।

सहिद दिवसको अवसरमा बिहान शान्तिवाटिका, रत्नपार्कदेखि सहिद स्मारक, लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ। कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, सुरक्षा निकायका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरू सहभागी हुनेछन्। लैनचौरस्थित सहिद स्मारकमा ज्ञात-अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गरिनेछ। यसअघि सहिद दिवसका दिन सहिद गेटमा विशेष कार्यक्रम गरिन्थ्यो, तर पछिल्ला वर्षहरूमा लैनचौरस्थित सहिद स्मारकमा मुख्य कार्यक्रम हुँदै आएको छ।

वि.सं. २०६४ मा मन्त्रिपरिषद्को निर्णयअनुसार उपत्यकाको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय सहिद स्मारकमा विशेष कार्यक्रमको तयारी गरिएको छ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीको प्रमुख आतिथ्यतामा राष्ट्रिय सहिद तथा शान्ति पार्क, यज्ञडोलमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। त्यस्तै, नारायणहिटी दरबार संग्रहालय परिसरमा निर्माण भइरहेको गणतन्त्र स्मारकमा सहिदप्रति श्रद्धाञ्जलि दिने व्यवस्था मिलाइने घोषणा गरिएको छ। राष्ट्रपतिको शपथ ग्रहणलगायत महत्वपूर्ण अवसरमा सहिदहरूलाई श्रद्धाञ्जलि अर्पण गर्न उक्त स्थल उपयोग गरिनेछ। देशभर सहिदहरूको बलिदानको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिँदैछ। स्वतन्त्रताको लागि प्राण अर्पण गर्ने वीर सहिदहरूको योगदानको सम्झनामा नागरिकहरूले श्रद्धा प्रकट गरिरहेका छन्।

प्रतिकृया दिनुहोस्

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...