News Portal

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस तेस्रो दिन पनि जारी छ।

संगीता गुरुङ
२८५ पटक

१३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ।

रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन्।

गत बुधबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर लामिछानेको बयान भएको थियो। बिहीबार सरकारी वकिलहरूबाट आठजना वकिलहरूले बहस गरे। त्यसपछिको दिन, शुक्रबार, जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सम्पन्न भएपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए।

थुनछेक बहस नसकिएकाले अदालतले रविलाई परिवारको जिम्मा लगाउँदै पुनः आजका लागि बहस तय गरेको हो।

थुनछेक बहस सम्पन्न भएपछि जाहेरवाला र प्रतिवादीका वकिलहरूले जवाफी बहस गर्नेछन्। अन्ततः अदालतले यस मुद्दामा आफ्नो आदेश जारी गर्नेछ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...