News Portal

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस जारी

सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेको पक्षमा रमण श्रेष्ठको बहस तेस्रो दिन पनि जारी छ।

संगीता गुरुङ
१८६ पटक

१३ माघ, काठमाडौं – सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस तेस्रो दिन पनि जारी छ।

रुपन्देही जिल्ला अदालतमा बुधबारदेखि थुनछेक बहस सुरु भएको थियो। अहिले लामिछानेको तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बहस गरिरहेका छन्।

गत बुधबार न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा दिनभर लामिछानेको बयान भएको थियो। बिहीबार सरकारी वकिलहरूबाट आठजना वकिलहरूले बहस गरे। त्यसपछिको दिन, शुक्रबार, जाहेरवालाका तर्फबाट वकिलहरूको बहस सम्पन्न भएपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका थिए।

थुनछेक बहस नसकिएकाले अदालतले रविलाई परिवारको जिम्मा लगाउँदै पुनः आजका लागि बहस तय गरेको हो।

थुनछेक बहस सम्पन्न भएपछि जाहेरवाला र प्रतिवादीका वकिलहरूले जवाफी बहस गर्नेछन्। अन्ततः अदालतले यस मुद्दामा आफ्नो आदेश जारी गर्नेछ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...