News Portal

रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ।

संगीता गुरुङ
२९२ पटक

१३ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने जानकारी दिएकी छन्।

बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टी गतिविधि, नियमावलीहरू, र नयाँ प्रस्तावित नियमावलीमाथि छलफल हुनेछ। त्यस्तै, संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा सञ्चालन हुने विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको पार्टी आवद्धता, सल्लाहकार परिषद्, र केन्द्रीय संगठन विभागमा मनोनयनसम्बन्धी विषयहरू बैठकका प्रमुख एजेन्डा रहेको छ।

यद्यपि, रास्वपाका सभापति रवि लामिछानेको बैठकमा उपस्थिति सुनिश्चित भइसकेको छैन। रूपन्देही जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनछेक बहस भइरहेकोले उनको उपस्थिति बहसको नतिजामा निर्भर हुने देखिन्छ। आजै अदालतले रिहाइको आदेश दिएमा उनी सोमबारको बैठकमा सहभागी हुन सक्ने सम्भावना छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...