News Portal

  • रास्वपाको सचिवालय बैठक सोमबार बस्ने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ।

    संगीता गुरुङ
    १५१ पटक

    १३ माघ, काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबारका लागि सचिवालय बैठक आह्वान गरेको छ। कार्यवाहक प्रवक्ता प्रतिभा रावलले बैठक बिहान साढे ११ बजे पार्टीको केन्द्रीय कार्यालय, बनस्थलीमा बस्ने जानकारी दिएकी छन्।

    बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै पार्टी गतिविधि, नियमावलीहरू, र नयाँ प्रस्तावित नियमावलीमाथि छलफल हुनेछ। त्यस्तै, संसदको हिउँदे अधिवेशन, सातै प्रदेशमा सञ्चालन हुने विशेष भेटघाट कार्यक्रम, स्वतन्त्र जनप्रतिनिधिहरूको पार्टी आवद्धता, सल्लाहकार परिषद्, र केन्द्रीय संगठन विभागमा मनोनयनसम्बन्धी विषयहरू बैठकका प्रमुख एजेन्डा रहेको छ।

    यद्यपि, रास्वपाका सभापति रवि लामिछानेको बैठकमा उपस्थिति सुनिश्चित भइसकेको छैन। रूपन्देही जिल्ला अदालतमा सहकारी ठगीसम्बन्धी मुद्दामा थुनछेक बहस भइरहेकोले उनको उपस्थिति बहसको नतिजामा निर्भर हुने देखिन्छ। आजै अदालतले रिहाइको आदेश दिएमा उनी सोमबारको बैठकमा सहभागी हुन सक्ने सम्भावना छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...

    आज २०८२ साल असोज २९ गतेको राशिफल

    आज असोज २९, २०८२ (अक्टोबर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

    काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको...

    भाइटीकाको उत्तम साइत कात्तिक ६ गते

    काठमाडौं, असोज २८ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम समय सार्वजनिक...

    मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

    काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा...