News Portal

भाटभटेनी सुपरमार्केटको प्रणाली ह्याक गरी कर हेरफेर गरेको आरोपमा दुई जना पक्राउ

भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३४३ पटक

माघ ११, काठमाडौँ — भाटभटेनी सुपरमार्केटको कर प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर कर हेरफेर गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पर्वतका २८ वर्षीय सन्तोष पराजुली र गोरखाका २२ वर्षीय परिन पाण्डेलाई माघ ५ गते चितवनको भरतपुरबाट पक्राउ गरेको हो। दुबैजना चितवनको बिहादी बिजनेस म्यानेजमेण्ट कम्पनीमा कार्यरत थिए।

सिआइबीका अनुसार उनीहरूले भाटभटेनीको प्रणालीमा ‘टुक्का’ लगाएर युजरनेम र पासवर्ड प्रयोग गरी कर दायित्व हेरफेर गरेका थिए। ६ करोड २६ लाख रुपैयाँ तिर्नुपर्ने करलाई बढाएर १३ करोड ९ लाख रुपैयाँ पुर्‍याइएको थियो।

घटनाबारे जानकारी भाटभटेनीका कर्मचारीले आन्तरिक राजस्व विभागमा पुगेपछि पाएका थिए।

सिआइबीले घटनामा संलग्न अन्य व्यक्तिको खोजी गरिरहेको छ। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत अनुसन्धान भइरहेको र वास्तविक उद्देश्यबारे थप खुल्न बाँकी रहेको जनाएको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...