News Portal

  • जनकपुरमा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

    मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर चालकको मृत्यु भएको छ।

    संगीता गुरुङ
    १७१ पटक

    जनकपुर – मधेस भवन नजिक आज बिहान मोटरसाइकल दुर्घटनामा परेर भौतिक पूर्वाधार मन्त्रालयका चालक देवेन्द्र यादवको मृत्यु भएको छ। जनकपुरको लक्ष्मिनिया गाउँपालिका–१ निवासी यादव कार्यालय जाँदै गर्दा विपरीत दिशाबाट आएको मोटरसाइकलको ठक्करले गम्भीर घाइते भएका थिए।

    प्रहरीका अनुसार, ज १ ब ७५५ नम्बरको मोटरसाइकलमा सवार यादवलाई मधेस प्रदेशको २-०२-००४ प ८१९६ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। टाउकोमा गम्भीर चोट लागेका यादवलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो।

    प्रहरी प्रवक्ता बरुणबहादुर सिंहले ठक्कर दिने मोटरसाइकल चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्। घटनाको थप अनुसन्धान भइरहेको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    महेन्द्रनगरका विपिन जोशीकी आमा–बहिनीले राष्ट्रपति पौडेलसँग भेटे

    काठमाडौँ, भदौ ८ – प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विद्यार्थी विपिन जोशीको रिहाइको माग...

    स्काइ ड्रिम इन्टरप्रेनर्सका संचालक र कर्मचारी पुर्पक्षका लागि थुनामा

    सुर्खेत, भदौ ८ – सुर्खेतमा अवैध नेटवर्किङ व्यवसाय सञ्चालन गरेको आरोपमा *स्काइ ड्रिम इन्टरप्रेनर्स प्रा.लि.*का...

    रौतहटमा सुटकेसभित्र मृत भेटिएकी महिलाको सनाखत

    रौतहट, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ मुडवालगेटस्थित सडक किनारमा फेला परेको सुटकेसभित्र मृत भेटिएकी...

    रौतहटमा सुटकेसभित्र महिलाको शव

    हेटौँडा, भदौ ८ – रौतहटको गौर नगरपालिका–९ अन्तर्गत सिर्सिया सडकखण्डको मुडवालवा मोडमा शनिबार राति एक...

    आज २०८२ साल भदौ ८ गतेको राशिफल

    आज भदौ ८, २०८२ (अगस्त २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...