News Portal

  • प्रधानमन्त्री ओलीको पाल्पा र रूपन्देही भ्रमण स्थगित, भर्चुअल रूपमा सहभागी हुने

    प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्।

    संगीता गुरुङ
    १६५ पटक

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) का लागि पाल्पा र रूपन्देहीमा तय भएका उद्घाटन र शिलान्यास कार्यक्रमहरूमा सहभागी नहुने भएका छन्।

    प्रधानमन्त्री ओली मंगलबारदेखि अस्वस्थ रहेकाले चिकित्सकहरूको सुझावमा बालुवाटारमै आराम गर्नेछन्। उनका स्थानमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णु पौडेलले ती कार्यक्रममा सहभागिता जनाउनेछन्।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार ओलीको स्वर भासिएको र स्वास्थ्य अवस्थामा सुधारका लागि चिकित्सकहरूले आराम गर्न सुझाव दिएका छन्।

    प्रधानमन्त्री ओली सिद्धबाबामा निर्माणाधीन सुरुङमार्गको ब्रेक थ्रु, बुटवल-गोरूसिंगे सडकको स्तरोन्नतिको शिलान्यास, र पाल्पाको बगनासकाली र तिनाउ गाउँपालिकाका प्रशासकीय भवन उद्घाटनका लागि शुक्रबार पाल्पा र रूपन्देही जाने तयारीमा थिए।

    प्रधानमन्त्रीको सचिवालयले यसअघि शुक्रबारका सबै कार्यक्रम सार्वजनिक गरिसकेको थियो। तर, स्वास्थ्यका कारण ओलीले भ्रमण स्थगित गरेका छन्। सचिवालयका अनुसार प्रधानमन्त्री ओली ती कार्यक्रममा भर्चुअल रूपमा सहभागी हुनेछन्।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रामबाघ महलमा एमालेको केन्द्रीय कमिटी बैठक सुरु

    ललितपुर, असोज २९ – नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक बुधबार ललितपुरको जावलाखेलस्थित रामबाघ महलमा...

    आज २०८२ साल असोज २९ गतेको राशिफल

    आज असोज २९, २०८२ (अक्टोबर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    सभामुखद्वारा संसद् विघटनबारे दल र कानुनविदसँग छलफल गर्ने तयारी

    काठमाडौं, असोज २८ – संसद् विघटनको विषयले राजनीतिक तातोपन बढाउँदै गर्दा सभामुख देवराज घिमिरेले यसको...

    भाइटीकाको उत्तम साइत कात्तिक ६ गते

    काठमाडौं, असोज २८ – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम समय सार्वजनिक...

    मेयर बालेनको टिप्पणीप्रति किसान महासंघको आपत्ति, माफी नआए थप कदम चाल्ने चेतावनी

    काठमाडौं, असोज २८ — अखिल नेपाल किसान महासंघले काठमाडौं महानगरका मेयर बालेन साहले सामाजिक सञ्जालमा...