News Portal

सुप्रिम सहकारी ठगी प्रकरण: रवि लामिछानेविरुद्ध आज पनि बहस हुने

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ।

संगीता गुरुङ
२६० पटक

काठमाडौँ – बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ। रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबारदेखि बहस चलिरहेको छ।

बिहीबार थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिए पनि पीडित पक्षका दुई वकिलको बहस बाँकी रहेको छ।

रुपन्देही जिल्ला अदालतका श्रेस्तेदार गोविन्द ज्ञवालीका अनुसार आज पीडित पक्ष र लामिछानेका वकिलहरूबाट बहस हुने तय भएको छ। लामिछानेलाई शुक्रबार बिहान १०ः३० बजे अदालतमा उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाइएको थियो।

बिहीबार सरकारी पक्षबाट जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेलसहित गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका थिए। साथै, उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपानेले पनि बहस गरेका थिए।

आजको सुनुवाइमा पहिलो चरणमा जाहेरवालाको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गर्नेछन्। त्यसपछि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका कानुन व्यवसायीले बहस गर्नेछन्।

लामिछानेका वकिलहरूको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला पक्षका वकिलले जवाफी बहस गर्नेछन्। त्यसपछि न्यायाधीश प्रल्हादकुमार योगीले थुनछेक आदेश सुनाउँदै लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने, धरौटीमा रिहा गर्ने वा साधारण तारिखमा रिहा गर्ने निर्णयगर्ने छन्।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...