News Portal

झापाली समाज कुवेतद्वारा स्व. संगीता भट्टराईको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई रु १,१८,३८० आर्थिक सहयोग प्रदान गरेको छ।

संगीता गुरुङ
३६६ पटक

झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई रु १,१८,३८० आर्थिक सहयोग प्रदान गरेको छ।

झापा जिल्ला गौरादह नगरपालिका वडा नं. ८ निवासी भट्टराई, जो विगत ४ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएकी थिइन्, गत २ डिसेम्बर २०२४ का दिन हृदयघातका कारण निधन भएकी थिइन्। स्व. भट्टराई ६ महिना अघिदेखि समाजको सदस्यको रूपमा आबद्ध भएकी थिइन्।

मिति २१ जनवरी २०२५ मंगलबारका दिन गौरादह नगरपालिका वडा नं. ८ को वडा कार्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष गणेश कुमार राजवंशी, वडा सदस्य लालचन राजवंशी, मृतकका बुवा पुन्यप्रसाद भट्टराई, दिदी विष्णुमाया भट्टराई, श्रीमान् हरिबहादुर सेडाई, वडा वासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा झापाली समाज कुवेतका वार्षिक छुट्टीमा नेपाल आएका पूर्वअध्यक्ष एवं संरक्षक गोविन्दप्रसाद तिम्सिना, महासचिव राम न्यौपाने, सल्लाहकार शिव लिम्बु, सदस्यहरू रोजिना ढुंगाना, सन्तकुमार अधिकारी, धर्मनन्द अधिकारी र अम्बिता धितालले पनि सहभागिता जनाएका थिए।

स्व. भट्टराईका पाँच वर्षीय नाबालक छोराको पालनपोषण र शिक्षाको लागि झापाली समाज कुवेतले झापा जिल्लाको गौरिगञ्जस्थित नेपाल राष्ट्रिय बैंकमा स्व. भट्टराईका सुपुत्र दुर्लभ सेडाईको नाममा खाता खोलेको छ। उक्त खातामा रु १,१८,३८० जम्मा गरिएको छ, जुन दुर्लभले १६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेपछि मात्र निकाल्न सक्ने गरी ब्यवस्था गरिएको छ। बैङ्क खाता र सम्बन्धित सम्पूर्ण कागजात स्व. भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको छ।

“हाम्रो एकता, विकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको झापाली समाज कुवेतले सदस्यहरूको आर्थिक उन्नति र जिल्लाको विकासका लागि विभिन्न सहयोग तथा सामाजिक सेवा गर्दै आएको छ। विश्वभर छरिएका झापालीहरूलाई एकीकृत गर्दै ५० भन्दा बढी देशमा सञ्जाल विस्तार गरी अन्तर्राष्ट्रिय झापाली समाज गठन गरी समाजसेवा गर्दै आएको छ।

कार्यक्रमकै क्रममा नेपालमा बसेर समाजको कार्यहरूमा सक्रिय रूपमा योगदान दिने सदस्यहरू सन्तकुमार अधिकारी, धर्मनन्द अधिकारी, र सल्लाहकार शिव लिम्बुलाई पूर्वअध्यक्ष एवं संरक्षक गोविन्दप्रसाद तिम्सिनाले खादा ओढाएर सम्मान गरेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...