News Portal

झापाली समाज कुवेतद्वारा स्व. संगीता भट्टराईको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण

झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई रु १,१८,३८० आर्थिक सहयोग प्रदान गरेको छ।

संगीता गुरुङ
४४२ पटक

झापाली समाज कुवेतले स्व. संगीता भट्टराईको परिवारजनलाई रु १,१८,३८० आर्थिक सहयोग प्रदान गरेको छ।

झापा जिल्ला गौरादह नगरपालिका वडा नं. ८ निवासी भट्टराई, जो विगत ४ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएकी थिइन्, गत २ डिसेम्बर २०२४ का दिन हृदयघातका कारण निधन भएकी थिइन्। स्व. भट्टराई ६ महिना अघिदेखि समाजको सदस्यको रूपमा आबद्ध भएकी थिइन्।

मिति २१ जनवरी २०२५ मंगलबारका दिन गौरादह नगरपालिका वडा नं. ८ को वडा कार्यालयको सभाकक्षमा आयोजित एक कार्यक्रममा उक्त सहयोग हस्तान्तरण गरिएको हो। कार्यक्रममा वडा अध्यक्ष गणेश कुमार राजवंशी, वडा सदस्य लालचन राजवंशी, मृतकका बुवा पुन्यप्रसाद भट्टराई, दिदी विष्णुमाया भट्टराई, श्रीमान् हरिबहादुर सेडाई, वडा वासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा झापाली समाज कुवेतका वार्षिक छुट्टीमा नेपाल आएका पूर्वअध्यक्ष एवं संरक्षक गोविन्दप्रसाद तिम्सिना, महासचिव राम न्यौपाने, सल्लाहकार शिव लिम्बु, सदस्यहरू रोजिना ढुंगाना, सन्तकुमार अधिकारी, धर्मनन्द अधिकारी र अम्बिता धितालले पनि सहभागिता जनाएका थिए।

स्व. भट्टराईका पाँच वर्षीय नाबालक छोराको पालनपोषण र शिक्षाको लागि झापाली समाज कुवेतले झापा जिल्लाको गौरिगञ्जस्थित नेपाल राष्ट्रिय बैंकमा स्व. भट्टराईका सुपुत्र दुर्लभ सेडाईको नाममा खाता खोलेको छ। उक्त खातामा रु १,१८,३८० जम्मा गरिएको छ, जुन दुर्लभले १६ वर्षको उमेरमा नागरिकता प्राप्त गरेपछि मात्र निकाल्न सक्ने गरी ब्यवस्था गरिएको छ। बैङ्क खाता र सम्बन्धित सम्पूर्ण कागजात स्व. भट्टराईको परिवारलाई हस्तान्तरण गरिएको छ।

“हाम्रो एकता, विकासको लागि” भन्ने मूल नाराका साथ २०१३ मा स्थापना गरिएको झापाली समाज कुवेतले सदस्यहरूको आर्थिक उन्नति र जिल्लाको विकासका लागि विभिन्न सहयोग तथा सामाजिक सेवा गर्दै आएको छ। विश्वभर छरिएका झापालीहरूलाई एकीकृत गर्दै ५० भन्दा बढी देशमा सञ्जाल विस्तार गरी अन्तर्राष्ट्रिय झापाली समाज गठन गरी समाजसेवा गर्दै आएको छ।

कार्यक्रमकै क्रममा नेपालमा बसेर समाजको कार्यहरूमा सक्रिय रूपमा योगदान दिने सदस्यहरू सन्तकुमार अधिकारी, धर्मनन्द अधिकारी, र सल्लाहकार शिव लिम्बुलाई पूर्वअध्यक्ष एवं संरक्षक गोविन्दप्रसाद तिम्सिनाले खादा ओढाएर सम्मान गरेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...