News Portal

सहकारी अपचलन प्रकरण: रवि लामिछाने रुपन्देहीमा बयान दिन तयार

रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्।

संगीता गुरुङ
२७२ पटक

९ माघ, काठमाडौं: पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा बयानका लागि उपस्थित हुने भएका छन्।

सुप्रिम सहकारी अपचलन मुद्दामा अदालतमा बयान दिन उनी मंगलबार काठमाडौंबाट रुपन्देही पुगेका थिए। यसअघि, उनी कास्कीको सूर्यदर्शन सहकारीमा ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए भने काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा ६० लाख धरौटीमा रिहा भएका थिए।

सुप्रिम सहकारीमा ८६ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। प्रारम्भिक अनुसन्धानमा सहकारीको १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको पाइएको छ। यसमा दुई करोड रुपैयाँ लामिछानेको नाममा ऋण दिइएको विवरणसमेत खुलेको छ।

गोर्खा मिडिया नेटवर्कले ग्यालेक्सी टीभी सञ्चालन गर्दै आएको छ, जसमा लामिछानेले १५ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेका थिए।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...