News Portal

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवाद २०२५ को शुभारम्भ

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्।

संगीता गुरुङ
१८४ पटक

८ माघ, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद २०२५ कार्यक्रमको औपचारिक शुभारम्भ गरेका छन्।

अन्तर्राष्ट्रिय हिमनदी वर्ष २०२५ को अवसरमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको उद्घाटन गरे।

नेपालले जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई प्राथमिकतामा राखेर विश्वव्यापी संवाद सुरु गरेको हो। यो कार्यक्रम प्रत्येक दुई वर्षमा आयोजना गरिनेछ।

शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जलवायु परिवर्तन र हिमाल संरक्षणको महत्त्वबारे चर्चा गरे। उनले जलवायु न्यायका विषयमा नेपालले अन्तर्राष्ट्रिय स्तरमा सशक्त आवाज उठाउँदै आएको बताए।

कार्यक्रममा उपप्रधानमन्त्री, विभिन्न मन्त्रालयका मन्त्रीहरू, सचिवहरू, नेपालस्थित कूटनीतिक प्रतिनिधि तथा उच्च अधिकारीहरूको उपस्थिति थियो।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...