News Portal

रवि लामिछानेसहित सातजनालाई थुनामै राख्न सरकारी वकिलको माग

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले धरौटीमा छोडेका रवि लामिछानेसहित सातजनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्।

संगीता गुरुङ
३०४ पटक

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला अदालतले धरौटीमा छोडेका रवि लामिछानेसहित सातजनालाई थुनामै राख्न माग गर्दै सरकारी वकिलले उच्च अदालत पोखरामा निवेदन दिएका छन्।

जिल्ला अदालत कास्कीले सभापति लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, मीना गुरुङ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाल, आरती गुरुङ र लिला पछाईंलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता महेश अर्यालले जिल्ला अदालतको आदेश बेरितको भएको भन्दै उक्त आदेश बदर गरी मुद्धाको पुर्पक्षका लागि थुनामा राख्न सोमबार निवेदन दिएको बताए।

जिल्ला अदालतले लामिछानेलाई ६५ लाख, जोशीलाई ८८ लाख र अन्य प्रतिवादीलाई विभिन्न रकम धरौटी माग गर्दै रिहा गरेको थियो। तर सरकारी वकिल कार्यालयले आरोपअनुसार बिगो रकमभन्दा निकै कम धरौटी तोकिएको दाबी गरेको छ।

उच्च अदालतले अब जिल्ला अदालतसँग प्रतिवेदन मागेर धरौटी आदेश सदर गर्ने वा प्रतिवादीलाई थुनामा राख्ने निर्णय गर्नेछ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...