News Portal

युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित, छानबिन समिति गठन

चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ।

संगीता गुरुङ
२६० पटक

माघ ७, चितवन – भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ। घटनाबारे थप छानबिन गर्न कारबाही प्रक्रिया अघि बढाइएको छ।

चेकिङमा खटिएका प्रहरी अधिकारीले युवकलाई लात्तीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उक्त घटना चर्चामा आएको हो। ‘माथिको पावर देखाएको’ भन्दै गरिएको कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले तत्काल छानबिन प्रक्रिया थालेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि घटनाप्रति गम्भीर ध्यान दिएको बताउँदै संलग्न प्रहरीमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ। भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...