News Portal

युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित, छानबिन समिति गठन

चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ।

संगीता गुरुङ
३९६ पटक

माघ ७, चितवन – भरतपुर महानगरपालिकास्थित बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरिएको छ। घटनाबारे थप छानबिन गर्न कारबाही प्रक्रिया अघि बढाइएको छ।

चेकिङमा खटिएका प्रहरी अधिकारीले युवकलाई लात्तीले कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उक्त घटना चर्चामा आएको हो। ‘माथिको पावर देखाएको’ भन्दै गरिएको कुटपिटप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले तत्काल छानबिन प्रक्रिया थालेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ।

प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि घटनाप्रति गम्भीर ध्यान दिएको बताउँदै संलग्न प्रहरीमाथि कानुनी कारबाही अघि बढाइने जनाएको छ। भिडियो सार्वजनिक भएपछि वक्तव्य जारी गर्दै प्रहरी प्रधान कार्यालयले घटनाको यथार्थ पत्ता लगाई दोषीमाथि आवश्यक कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...