News Portal

चितवनमा प्रहरीद्वारा युवकमाथि कुटपिट, छानबिन सुरु

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीद्वारा निर्घात कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिन गठन गरेको छ।

संगीता गुरुङ
३३४ पटक

चितवन, माघ ७ – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीद्वारा निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रातिको समयमा मोटरसाइकल चेकिङका क्रममा प्रहरीले युवकलाई कुटपिट गरिरहेको देख्न सकिन्छ। भिडियोमा प्रहरी अधिकारीले “फोन गर्ने?”, “माथिको पावर देखाउने?” भन्दै युवकलाई धम्क्याउँदै लात्तीले हानेको दृश्य देखिएको छ। युवक भाग्न खोज्दा प्रहरी पछि लाग्दै लात्तीले प्रहार गरेर बिजुलीको पोलछेउ लडाएको र त्यसपछि पनि गाली गर्दै कुटपिट जारी राखेको देखिन्छ।

घटना भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिन गर्न डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। चितवनका एसपी गौतम मिश्रले लोकेसनको भेरिफिकेसन गरिरहेको जानकारी दिएका छन्। उनले छानबिन पूरा भएपछि गल्ती गर्ने प्रहरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी दिनेश आचार्यले भने भाइरल भिडियो पुरानो भएको दाबी गरेका छन्। तथापि, यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

घटना सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि प्रश्न उठ्दै गर्दा छानबिनको निष्कर्षले जिम्मेवार पक्षलाई कारबाही हुने आशा गरिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...