News Portal

चितवनमा प्रहरीद्वारा युवकमाथि कुटपिट, छानबिन सुरु

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीद्वारा निर्घात कुटपिट भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिन गठन गरेको छ।

संगीता गुरुङ
२०७ पटक

चितवन, माघ ७ – चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा एक युवकमाथि प्रहरीद्वारा निर्घात कुटपिट भएको घटना सार्वजनिक भएको छ।

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोमा रातिको समयमा मोटरसाइकल चेकिङका क्रममा प्रहरीले युवकलाई कुटपिट गरिरहेको देख्न सकिन्छ। भिडियोमा प्रहरी अधिकारीले “फोन गर्ने?”, “माथिको पावर देखाउने?” भन्दै युवकलाई धम्क्याउँदै लात्तीले हानेको दृश्य देखिएको छ। युवक भाग्न खोज्दा प्रहरी पछि लाग्दै लात्तीले प्रहार गरेर बिजुलीको पोलछेउ लडाएको र त्यसपछि पनि गाली गर्दै कुटपिट जारी राखेको देखिन्छ।

घटना भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय चितवनले घटनाको छानबिन गर्न डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको छ। चितवनका एसपी गौतम मिश्रले लोकेसनको भेरिफिकेसन गरिरहेको जानकारी दिएका छन्। उनले छानबिन पूरा भएपछि गल्ती गर्ने प्रहरीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने बताए।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी दिनेश आचार्यले भने भाइरल भिडियो पुरानो भएको दाबी गरेका छन्। तथापि, यस विषयमा थप अनुसन्धान भइरहेको जनाइएको छ।

घटना सार्वजनिक भएसँगै प्रहरीको भूमिकामाथि प्रश्न उठ्दै गर्दा छानबिनको निष्कर्षले जिम्मेवार पक्षलाई कारबाही हुने आशा गरिएको छ।

प्रतिकृया दिनुहोस्

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...