News Portal

भक्तपुर र काठमाडौंमा प्रहरीको छापा, १३ जुवाडे नियन्त्रणमा

प्रहरीले भक्तपुर र काठमाडौंमा जुवातास खेलिरहेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
३२२ पटक

काठमाडौं, माघ ६ – प्रहरीले भक्तपुर र काठमाडौंमा जुवातास खेलिरहेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मिलनसहित ७ जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ५५ हजार ४ सय २ रुपैयाँ र ६ बुक तास बरामद गरेको छ।

यस्तै, भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेका ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। भक्तपुर सल्लाघारी बस्ने र सिन्धुली कमलामाई नगरपालिका-७ निवासी ५२ वर्षीय ओमबहादुर जोगीको संलग्नतामा जुवातास भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ४४ हजार ६ सय रुपैयाँ र १ बुक तास बरामद गरिएको छ।

पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...