News Portal

भक्तपुर र काठमाडौंमा प्रहरीको छापा, १३ जुवाडे नियन्त्रणमा

प्रहरीले भक्तपुर र काठमाडौंमा जुवातास खेलिरहेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ।

संगीता गुरुङ
२१० पटक

काठमाडौं, माघ ६ – प्रहरीले भक्तपुर र काठमाडौंमा जुवातास खेलिरहेको अभियोगमा १३ जनालाई पक्राउ गरेको छ।

काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-८ भंगालस्थित मिलन शाहको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले मिलनसहित ७ जनालाई पक्राउ गरेको हो। प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले उनीहरूको साथबाट नगद ५५ हजार ४ सय २ रुपैयाँ र ६ बुक तास बरामद गरेको छ।

यस्तै, भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित नरबहादुर खड्काको आरबिके सप्लायर्समा जुवातास खेलिरहेका ६ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ। भक्तपुर सल्लाघारी बस्ने र सिन्धुली कमलामाई नगरपालिका-७ निवासी ५२ वर्षीय ओमबहादुर जोगीको संलग्नतामा जुवातास भइरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट नगद ४४ हजार ६ सय रुपैयाँ र १ बुक तास बरामद गरिएको छ।

पक्राउ परेकाहरूमाथि कानूनी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...