News Portal

सियाराम रानाको हत्या: श्रीमती र भारतीय नागरिकको संलग्नता पुष्टि

बीमा रकम हत्याउन श्रीमतीले भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गराएको खुलेको छ।

संगीता गुरुङ
२३१ पटक

धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ।

सियारामको २८ लाख रुपैयाँको जीवन बीमा रकम हात पार्न जनककुमारीले फारुखसँग योजना बनाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो। शव घरको ग्यालरीमा सिरकले छोपिएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार झगडापछि जनककुमारीले सुतिरहेका सियारामलाई ईंटाले प्रहार गरी हत्या गरेकी थिइन्। घरभित्र रगतका छिटा र रगत लागेको ईंटा फेला परेपछि घटना शंकास्पद देखिएको थियो।

श्रीमती जनककुमारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् भने फारुखविरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...

रास्वपाले समानुपातिक उम्मेदवार सूची अन्तिम गर्ने तयारी

काठमाडौं, १४ पुष – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति आज बनस्थलीस्थित पार्टी कार्यालयमा...