News Portal

सियाराम रानाको हत्या: श्रीमती र भारतीय नागरिकको संलग्नता पुष्टि

बीमा रकम हत्याउन श्रीमतीले भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गराएको खुलेको छ।

संगीता गुरुङ
२७६ पटक

धनगढी, माघ ३ – कञ्चनपुरको बेलौरी नगरपालिका–६ भूराकोटमा १३ मंसिरमा मृत फेला परेका ४९ वर्षीय सियाराम रानाको हत्या उनकी श्रीमती जनककुमारी रानाले बीमा रकम हत्याउन भारतीय नागरिक फारुखसँग मिलेर गराएको खुलेको छ।

सियारामको २८ लाख रुपैयाँको जीवन बीमा रकम हात पार्न जनककुमारीले फारुखसँग योजना बनाएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो। शव घरको ग्यालरीमा सिरकले छोपिएको अवस्थामा फेला परेको थियो।

प्रहरीका अनुसार झगडापछि जनककुमारीले सुतिरहेका सियारामलाई ईंटाले प्रहार गरी हत्या गरेकी थिइन्। घरभित्र रगतका छिटा र रगत लागेको ईंटा फेला परेपछि घटना शंकास्पद देखिएको थियो।

श्रीमती जनककुमारी पुर्पक्षका लागि कारागार चलान भएकी छन् भने फारुखविरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको छ।

प्रतिकृया दिनुहोस्

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...