News Portal

  • सरिता तामाङ हत्या: परिवारले विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा, विश्वासघातिले नै गर्यो बलात्कार पछि हत्या

    बलात्कारपछि सरिताले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरेको विश्वासले अपराध स्वीकारेका छन् ।

    संगीता गुरुङ
    ५४१ पटक

    काठमाडौँ – धादिङ गजुरीकी १७ वर्षीया सरिता तामाङलाई पढ्न भन्दै दुई वर्षअघि काठमाडौं पठाइएको थियो। चन्द्रागिरि-११, सतुंगलमा दिदीसँग बसेकी सरिता दिदीको विवाहपछि एक्लै बस्दै आएकी थिइन्। दाजु अर्जुन तामाङ वैदेशिक रोजगारीका लागि कुवेत उड्नुअघि विश्वास तामाङलाई सरिताको हेरचाह गर्न जिम्मा दिएका थिए।

    तर, २८ मंसिरमा विश्वासले सरिताको डेरामा पुगेर बलात्कार गरेपछि हत्या गरेको खुलेको छ। प्रहरीका अनुसार, बलात्कारपछि सरिताले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरिएको हो। शव लुकाउन पलङको बक्सभित्र राखी विश्वास भागेका थिए।

    सरिता सम्पर्कविहीन भएपछि परिवारले प्रहरीलाई खबर गरेका थिए। खोजतलासको क्रममा १ पुसमा उनको शव कोठाभित्र भेटियो। अनुसन्धानका क्रममा विश्वासले अपराध स्वीकारेका छन् । उनलाई जबरजस्ती करणी, कर्तव्य ज्यान, र डाँका चोरी अभियोगमा थुनामा राखिएको छ।

    प्रकरणमा जिल्ला अदालतले उनीविरुद्ध पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...