News Portal

कर्णालीका सुत्केरी आमाहरूको पीडा

दुर्गम बस्तीहरूमा सुत्केरी आमाहरूले झेल्नुपर्ने कठिनाइ र सामाजिक कुसंस्कारका कारण उनीहरूको जीवन निकै कठिन बन्दै आएको छ।

संगीता गुरुङ
२३२ पटक

माघ १, कर्णाली – दुर्गम बस्तीहरूमा सुत्केरी आमाहरूले झेल्नुपर्ने कठिनाइ र सामाजिक कुसंस्कारका कारण उनीहरूको जीवन निकै कठिन बन्दै आएको छ। यहाँका महिलाहरूलाई सुत्केरी अवस्थामा गोठमा राख्ने परम्परा अझै कायम छ। गोठमा राखिएका सुत्केरी आमाहरूलाई न त उचित स्याहार-सुसार उपलब्ध गराइन्छ, न त पर्याप्त खाना नै। छोरा जन्माउनुपर्ने मानसिकताले गर्दा महिलाहरू बारम्बार गर्भवती हुन बाध्य छन्। यस्तो अवस्थामा स्वास्थ्य सेवा नपाउने र परिवारको लापरवाहीले धेरैजसो आमाहरूले ज्यान गुमाउनुपरेको छ।

परिवार र समाजले थोपरेको लैङ्गिक विभेदको चेपुवामा परेका महिलाहरूलाई सुत्केरी अवस्थामा गोठमा एक्लै राख्नु, फलफूल, दूधजस्ता पोषिलो खाना नदिनु, र १३ दिनसम्म छुन समेत नपाउनुजस्ता अमानवीय व्यवहार सहनुपर्छ। चिसो गोठ, असुरक्षित वातावरण, र पर्याप्त हेरचाहको अभावमा सुत्केरी आमाहरूको मृत्यु सामान्यजस्तै बनेको छ। भौगोलिक विकटता, यातायातको अभाव, र स्वास्थ्य संस्थासम्म पहुँच नहुनु यसका प्रमुख कारण हुन्। धेरैजसो गर्भवती महिलालाई समयमा अस्पताल पुर्‍याउन नसकिने, स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा सुत्केरी आमाहरूको ज्यान जाने गरेको छ।

छाउ प्रथाजस्तै ‘सुत्केरी छाउ’ जस्तो अमानवीय प्रथा यहाँका महिलाको जीवनमाथि अर्को ठूलो बोझ बनेको छ। सुत्केरी आमाहरूलाई समाजले अझैपनि रुढिवादी सोच र अन्धविश्वासका कारण परिवारको माया, सम्मान, र समर्थनबाट बञ्चित गराइरहेको छ। छोरा जन्माउने आशमा थुप्रै महिलाहरूले आफ्नो जीवन जोखिममा पारेका छन्। राज्यले हवाई उद्धारलगायतका कार्यक्रमहरू ल्याए पनि त्यसको लाभ सबैजसो महिलाले लिन सकिरहेका छैनन्। यस क्षेत्रमा सुरक्षित मातृत्व सुनिश्चित गर्न स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, सामाजिक चेतना अभिवृद्धि, र कुसंस्कारको अन्त्य अत्यन्त जरुरी देखिन्छ।

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...