News Portal

मेयर बालेन शाहको गुनासो: प्रदेश सरकार बलियो बन्न नसकेको आरोप

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्।

संगीता गुरुङ
२९८ पटक

काठमाडौँ — काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले प्रदेश सरकारले स्थानीय तहलाई सशक्त बनाउन नसकेको गुनासो गरेका छन्। आइतबार बागमती प्रदेशका प्रमुख सचिव डा. हरिप्रसाद लम्सालसँगको भेटमा शाहले प्रदेश सरकारको कमजोर भूमिकाप्रति असन्तुष्टि जनाए।

शाहले भने, “स्थानीय सरकारका समस्या संघ सरकारसँग भन्नुपर्ने अवस्था छ। यस्तोमा प्रदेश सरकारको औचित्य के हो? सुकुम्बासी समस्या र नदी सुधारजस्ता विषयमा संघ सरकार मात्रै सक्रिय देखिन्छ।”

उनले मनोरञ्जन करका नयाँ दरले महानगरको राजस्व घटाएको भन्दै हिउँदे अधिवेशनमा आर्थिक ऐन संशोधन गर्न आग्रह गरे।

प्रमुख सचिव डा. लम्सालले प्रदेश र स्थानीय सरकारबीच संवादको अभावले समस्या उत्पन्न भएको बताउँदै समाधानका लागि पहल गर्ने आश्वासन दिए।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...