News Portal

एमाले–माओवादी तनाब: ओलीद्वारा प्रचण्डमाथि अस्थिरताको आरोप

ओलीले प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्।

संगीता गुरुङ
२५७ पटक

काठमाडौं, पुस २१ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि राष्ट्रिय एकता र सामाजिक सद्भावमा आँच पुर्‍याउने गतिविधिमा सक्रिय भएको आरोप लगाएका छन्।

पार्टी बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा ओलीले माओवादी केन्द्रले ‘कोशी’ प्रदेशको विपक्षमा उग्र जातीयतावादी समूहहरूसँग मिलेर अस्थिरता फैलाएको र पूर्वराजावादीहरूसँग नजिकिएको दाबी गरेका छन्।

उनले माओवादी केन्द्रले प्रधानमन्त्रीको चीन भ्रमण र अघिल्लो कार्यकालका सम्झौतालाई विवादित बनाउन खोजेको र वैचारिक विचलन तथा राजनीतिक अस्थिरता देखाएको बताएका छन्।

ओलीले कांग्रेस–एमाले गठबन्धनले अस्थिरतामा रमाइरहेका समूहहरूलाई बेचैनीमा पारेको र आगामी निर्वाचनसम्म सहकार्य दिगो हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...