News Portal

रवि लामिछानेसहित ७ जनाविरूद्ध थुनछेक बहस जारी

सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ।

संगीता गुरुङ
२८९ पटक

पोखरा, पुस १८ – सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ।

बचत अपचलन र ठगी आरोपमा ७ जनाविरुद्ध थुनछेक बहस पुस १६ गतेदेखि चलिरहेको छ। सरकारी वकिलहरूले मंगलबार र बुधबार बहस गर्दै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।

बिहीबार प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। लामिछानेका तर्फबाट १५ जना कानुन व्यवसायी बहसमा सहभागी हुने तयारीमा छन्।

सूर्यदर्शन सहकारी प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाइएको छ, जसबाट १ अर्ब ५१ करोड बिगो दाबी गरिएको छ। मुद्दामा कास्की जिल्ला अदालतमा थप बहस जारी छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...