News Portal

रवि लामिछानेसहित ७ जनाविरूद्ध थुनछेक बहस जारी

सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ।

संगीता गुरुङ
४०१ पटक

पोखरा, पुस १८ – सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरण मुद्दामा कास्की अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहित ७ जनाविरुद्ध थुनछेक बहस जारी छ।

बचत अपचलन र ठगी आरोपमा ७ जनाविरुद्ध थुनछेक बहस पुस १६ गतेदेखि चलिरहेको छ। सरकारी वकिलहरूले मंगलबार र बुधबार बहस गर्दै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका थिए।

बिहीबार प्रतिवादीका कानुन व्यवसायीहरूले बहस गर्नेछन्। लामिछानेका तर्फबाट १५ जना कानुन व्यवसायी बहसमा सहभागी हुने तयारीमा छन्।

सूर्यदर्शन सहकारी प्रकरणमा ६३ जनालाई प्रतिवादी बनाइएको छ, जसबाट १ अर्ब ५१ करोड बिगो दाबी गरिएको छ। मुद्दामा कास्की जिल्ला अदालतमा थप बहस जारी छ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...