News Portal

डा. मुकुल ढकालद्वारा रास्वपाभित्र षड्यन्त्रको आरोप

डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्।

संगीता गुरुङ
२३७ पटक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल मार्फत ढकालले भने, “सभापतिलाई महामन्त्रीबाट अलग गराउन ठूलो राजनीति भयो। मैले पार्टीलाई जोगाउन प्रयास गरेँ, तर असफल भएँ। मलाई कारबाही गरियो, अनि सभापतिमाथि प्रहार गरियो।”

उनले पार्टीभित्र र बाहिरबाट षड्यन्त्र भएको दाबी गर्दै, “पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादीहरूले कब्जा गर्न खोजेका छन्,” भने।

ढकालले पार्टी जोगाउन जुट्नुपर्ने उल्लेख गर्दै भने, “हाम्रो बुद्धि, पसिना र समयले बनाएको पार्टी हो। फुटेर होइन, जुटेर समस्याको समाधान खोजौँ।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ११ गतेको राशिफल

आज माघ ११, २०८२ (जनवरी २५, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...