News Portal

डा. मुकुल ढकालद्वारा रास्वपाभित्र षड्यन्त्रको आरोप

डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्।

संगीता गुरुङ
३०० पटक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई कमजोर बनाउन पार्टीभित्रै खेल भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जाल मार्फत ढकालले भने, “सभापतिलाई महामन्त्रीबाट अलग गराउन ठूलो राजनीति भयो। मैले पार्टीलाई जोगाउन प्रयास गरेँ, तर असफल भएँ। मलाई कारबाही गरियो, अनि सभापतिमाथि प्रहार गरियो।”

उनले पार्टीभित्र र बाहिरबाट षड्यन्त्र भएको दाबी गर्दै, “पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादीहरूले कब्जा गर्न खोजेका छन्,” भने।

ढकालले पार्टी जोगाउन जुट्नुपर्ने उल्लेख गर्दै भने, “हाम्रो बुद्धि, पसिना र समयले बनाएको पार्टी हो। फुटेर होइन, जुटेर समस्याको समाधान खोजौँ।”

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...