News Portal

सूर्यदर्शन सहकारी प्रकरण: रवि लामिछाने सहित ७ जनाको थुनछेक बहस सुरु

पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस आजबाट सुरु भएको छ।

संगीता गुरुङ
२१३ पटक

पोखरा, १४ पुस – पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतमा थुनछेक बहस आजबाट सुरु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहित सात जनाको बयान सकिए पछि थुनछेक बहस सुरु गरिएको हो। कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालका अनुसार मंगलबार रवि सहित सबै सात जनाको बयान लिइएको थियो, जसपछि पहिलो दिनको बहस सकिएको छ। आजको बहस पछि सबै अभियुक्तलाई हिरासतमा फर्काइएको छ।

रवि लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझेदार लिला पछाईं, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङ, र पूर्व सञ्चालक ललित बहादुर गुरुङको पनि बयान लिइएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रवि लामिछाने सहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको छ। लामिछाने माथि सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको आरोप लगाइएको छ। सरकारी वकिलका अनुसार यस प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ, जसमा १९ जनाविरुद्ध संगठित अपराध र केहीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी आरोप लगाइएको छ। थुनछेक बहसको अर्को चरण छिट्टै अघि बढ्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...