News Portal

रवि लामिछाने सहित सात जनाको बयान सकियो

पोखरामा सूर्यदर्शन सहकारी ठगी मुद्दामा रवि लामिछाने सहित सात जनाको बयान आज सकिएको छ।

संगीता गुरुङ
३६६ पटक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहित पोखराको सूर्यदर्शन सहकारीको ठगी मुद्दामा मुछिएका सात जनाको बयान मंगलबार जिल्ला अदालत कास्कीमा सकिएको छ।

रवि लामिछानेसँगै पूर्व डीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, राम बहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्ण बहादुर गुरुङ र आरती गुरुङले पनि बयान दिएका छन्।

अदालतका स्रेस्तेदार राजन खनालका अनुसार बयान सकिएसँगै आज नै थुनछेक बहस पनि सम्पन्न हुनेछ। यो मुद्दा न्यायाधीश नितिज राईको इजलासमा परेको छ।

सहकारी ठगी आरोपमा पक्राउ परेका अभियुक्तहरू विरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा समेत थपिएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...