आज : २०२६-०७-०५, आइतबार

शक्तिशाली यूवा क्लब काप्रीचौरले भलिबल प्रतियोगिताको आयोजना गर्दै

सिम्ता – सुर्खेत ।
सुर्खेतको सिम्ता गाउँपालिकामा शक्तिशाली यूवा क्लब काप्रीचौरले स्थानीय घाटको जात्राको अवसरपारी यहि मंसिर ५ गते देखी वार्ड स्तरीय भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

सिम्ताको स्थानीय गोजिबजारमा हुने प्रतियोगितामा गाउँपालिकाका सबै वार्डहरु सहभागी हुने क्लबका अध्यक्ष गंगाराम सापकोटाले हिमाली संचारलाई बताए।

जिल्ला समन्वय समिति सुर्खेतकि निर्वाचित सदस्य बालकुमारी पुन घर्तीबाट उद्वाटन भलिबल प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार, द्वितीय पुरस्कार २२ हजार र तृतीय पुरस्कार १२ हजार हात पार्ने छन। टिम दर्ताका लागी ३,१०५ रुपैया लाग्ने अध्यक्ष सापकोटाले जानकारी दिए।

सम्पर्क

अध्यक्ष : गंगाराम सापकोटा (९८६८१४९०५७, ९८१२४७५९३०)

मिति : २०७५ मंसिर ५ गते बुधबार देखि ८ गते शनिबार सम्म।

स्थान : गोजीबजार, सिम्ता सुर्खेत।

समय : बिहान १० बजे देखि

आयोजक : शक्तिशाली यूवा क्लब काप्रीचौर, सिम्ता सुर्खेत।