News Portal

देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भन्न सकिँदैन : लोहनी

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता एवं पूर्व परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले कांग्रेस–एमालेसहितको गठबन्धन सरकार धेरै समय नटिक्ने टिप्पणी गरेका छन्।

शुक्रबार प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा एकले अर्कोलाई धोका दिने परम्पराबाटै अगाडि बढेकाले यो सरकार भोलि नै ढल्दा पनि आश्चर्य मान्न नहुने बताएका हुन्।

उनले नेपालको संविधानले ५ वर्षको आवधिक सरकारको परिकल्पना गरेको भएपनि दलहरुको कारण अस्थिर बनेको टिप्पणी गरे। उनले देउवा–ओलीबीच फेरि धोकाधडी हुँदैन भनेर भन्न नसकिने बताए।

कांग्रेस–एमाले गठबन्धन भोलि नै टुट्यो भने पनि आश्चर्य मान्नुपर्ने कुरा छैन। नेपालमा स्थिर सरकारभित्र अस्थिरता छ।

५ वर्षको स्थिरत सरकार छ, तर अस्थिर छ, उनले भने, ‘बेइमानी गर्ने र एकले अर्कोलाई धोका दिने त्यो उहाँहरुको परम्परा नै हो। त्यो परम्परा फेरि सुरु नहोला भन्न सकिँदैन। म उहाँहरुलाई चिन्छु। धोकाधाडी हुँदैन भनेर कसरी भन्नु ? पहिला उहाँहरुको रेकर्ड छ।’

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...