News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिए – वर्षमान पुन

    हिमालीसंचार संवाददाता
    ६६ पटक

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी गरेका छन्।

    मंगलबार गंगादेव गाउँपालिका रोल्पाको अधिवेशनलाई सम्बोधन गर्दै उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनमा माओवादी केन्द्रलाई जनताले अनुमोदन गरिदिएको बताए।

    कांग्रेस–एमालेले माओवादी एक्लै चुनावी प्रतिस्पर्धामा गए सकिने भन्दै अफवाह फैलाएको बताउँदै उनले जनताको जनमतले उक्त आरोप खारेज गरिदिएको बताए।

    ‘कहिले एमालेले र कहिले कांग्रेसले साथ दिएर माओवादी टिकेको हो भन्ने प्रचारलाई हामीले खारेज गरेका छौं। उपचुनावको परिणामबाट जनताले त्यसको जवाफ दिएका छन्। हामीले आफ्नो जनमत देखाएका छौं,’– उनले भने।

    माओवादी एक्लै निर्वाचनमा जाँदा जनताले विश्वास गरेको बताउँदै उनले आगामी दिनमा स्थानीय तह, संघ र प्रदेशको निर्वाचनमा समेत कसैसँगग गठबन्धन र तालमेल नगर्ने गरी अगाडि बढ्ने बताए।

    प्रतिकृया दिनुहोस्

    प्रधान सेनापति सिग्देल भारत जाँदै

    काठमाडौँ। प्रधान सेनापति अशोक राज सिग्देल भारत भ्रमणमा जाँदैछन्। भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको...

    अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

    मोरङ। ३३औं अन्तर्राष्ट्रिय लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान अन्तर्गत लैंगिक हिंसा विरुद्वको अभियान रंगेलीमा सम्पन्न...

    कतार एयरवेजले रोक्यो भैरहवा उडान

    काठमाडौं। कतार एयरवेजले भैरहवाबाट हुने उडानहरू स्थगित गरेको छ। कात्तिक २७ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा...

    कांग्रेस-एमालेलाई जनताले उपनिर्वाचनमार्फत जवाफ दिए – वर्षमान पुन

    काठमाडौं। नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले उपनिर्वाचनमार्फत जनताले कांग्रेस–एमालेलाई जवाफ दिएको टिप्पणी...

    दक्षिण कोरियामा सैन्य कानुन लागु

    कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत...