News Portal

रामेछापका सिडियोको एक कल फोनले म्यानपावरले गर्‍यो निरबहादुरको पासपोर्ट फिर्ता

५१५ पटक

सिर्जना बस्नेत 
रामेछाप : रामेछापका निरबहादुर रामले म्यानपावरले जबरजस्ती राखेको पासपोर्ट ७ महिनापछि फिर्ता पाउनुभएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी कृष्ण शर्माले गरेको एक कल फोनपछि काठमाडौंको स्काइ अफ द वल्र्ड प्रालिले निरबहादुरलाई पासपोर्ट फिर्ता दिएको हो ।

निरबहादुरले मलेसिया जान पासपोर्ट दिएपछि म्यानपावरले उहाँसँग ८० हजार रुपैयाँ लाग्ने बताएको थियो । निरबहादुरले सरकारले मलेसियासहित खाडीका देशमा सरकारले फ्रि भिसा फ्रि टिकट लागू गरेको भन्दै त्यति धेरै पैसा नदिने बताउनुभयो ।

त्यही क्रममा सरकारले मलेसियामा कामदार पठाउन रोक लगाएको थाहा पाएपछि आफू नजाने भन्दै पासपोर्ट फिर्ता माग्नुभएको थियो । तर म्यानपावरले सरकारले छिट्टै मलेसिया जान दिने भन्दै फिर्ता गर्न मानेको थिएन ।

केही महिनापछि म्यानपावरले भिसा आइसकेको भन्दै नजाने भए ३० हजार रुपैयाँ दिनुपर्ने शर्त राखेको थियो । म्यानपावरले पासपोर्ट दिन नमानेपछि उहाँले जिल्ला प्रशासन कार्यालयकै हाताभित्र रहेको सूचना केन्द्रमा निवेदन दिनुभएको थियो ।

केन्द्रको पहलमा म्यानपावरलाई फोन गरेर पासपोर्ट फिर्ता नदिए कारबाहीका लागि विभागमा पत्र पठाउने बताएपछि विनाशर्त म्यानपावरले पासपोर्ट फिर्ता दिएको हो ।

कतार जाँदा निरबहादुरले पाएको पीडा 

मलेसिया जान खोज्नुअघि निरबहादुर कतार पुगेर फर्कनुभएको थियो । २७ महिना कतारको तातो घाममा पसिना बगाएर फर्केका निरबहादुरले परदेश नजाने निधो पनि गर्नु भएको थियो ।

उहाँ  २०७१ सालमा ७० हजार रुपैयाँ बुझाएर कतार पुग्नुभयो । कतार टेक्दै गर्दा आफूलाई हाँसेर स्वागत गरेको जस्तो लागेको थियो निरबहादुरलाई । तर लेबरको काम गर्दा घामले भने गिज्याएजस्तो लाग्यो ।

परिवारको मायाबाट टाढा कतारमा निरबहादुरले त्यहाँ पुगेको एक महिनामै बुवाले सधैंलाई छोडेर गएको खबर सुन्नुपर्‍यो । ‘५५ डिग्रीको काममा काम गर्दा बरु त्यति पीडा भएको थिएन, बुवाको मृत्युको खबरले सम्हालिनै गाह्रो बनायो’ निरबहादुरले कतारमा छँदाको तीतो क्षण सुनाउनुभयो ।

उत्साहित भएर गएका निरबहादुरलाई कतारको काम र त्यहाँको वातावरणले गलाउँदै लग्यो । काम गर्ने क्रममा देब्रे हातका दुई वटा औंला मेसिनले काट्यो ।
दुई वर्षमा नेपाल फर्किँदा निरबहादुरसँग परदेशबाट ल्याएको कोसेली भन्दा दुःखको भारी ठूलो थियो ।

नेपाल फर्किएर काठमाडौंमा ट्याक्सी चलाएर गुजारा चलाउँदै गरेका निरबहादुरले मलेसियामा राम्रो कामको अवसर आएको कुरा साथीबाट थाहा पाउनुभयो । ‘दुई जना छोरीलाई राम्रो स्कूलमा पढाउन र घर खर्च टार्नलाई ड्राइभरी कामले नधानेपछि मलेसिया जाने सोच बनाएको थिएँ’ निरबहादुर भन्नुहुन्छ ।
स्काइ अफ द वल्र्ड म्यनपावरमा सेक्युरिटी गार्डको लागि गएको वैशाखमा पासपोर्ट पेश गर्नुभयो । म्यानपावरले ८० हजार रुपैँया मागेको थियो निरबहादुरसँग । जेठ महिनादेखि मलेसिया जान सरकारले रोक लगायो । मलेसिया जान रोक लागेपछि निरबहादुरले म्यानपावरसँग पासपोर्ट फिर्ता माग्नुभयो ।

तर नदिएपछि उहाँ सूचना केन्द्र पुग्नुभएको हो । केन्द्रकै पहलमा प्रमुख जिल्ला अधिकारीले पहल गरेपछि निरबहादुरले पासपोर्ट फिर्ता पाउनुभयो । ‘म जस्तै कति धेरै पीडित छन् सम्बन्धित ठाउँमा भएका व्यक्तिले यति पहल गरिदिने हो भने हुने रैछ नि’ खुशी हुँदै निरबहादुरले भन्नुभएको उज्यालोअनलाइनमा समाचार छ।

प्रतिकृया दिनुहोस्

महाशिवरात्रिमा प्रहरीको सक्रियता, १३८ जनालाई नियन्त्रणमा लियो

काठमाडौं, ३ फागुन – महाशिवरात्रि पर्वको अवसरमा पशुपति क्षेत्रमा प्रहरीले सक्रिय भूमिका निभाउँदै १३८ जनालाई...

बंगलादेशकै झल्को दिने परिणाम आउन सक्छ : ओली

झापा, फागुन ३ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा हुने आगामी निर्वाचनको परिणाम...

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...