News Portal

भारतले २४ बर्षपछि गुमायो घरेलु मैदानमा टेस्ट सिरिज

हिमालीसंचार संवाददाता
४३० पटक

काठमाडौं। न्युजिल्यान्डले भारतविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट २५ रनले जित्दै सिरिज क्लिन स्विप गरेको छ। योसँगै तीन खेलको सिरिज न्युजिल्यान्डले ३–० ले आफ्नो पक्षमा पार्‍यो।

भारतमा किवी टोलीले पहिलो पटक टेस्ट सिरिज जित्यो। भारतीय टिमले भने २४ वर्षपछि घरेलु मैदानमा क्लिन स्विप भोग्न बाध्य भयो।

यसअघि भारतले सन् २००० मा २ खेलको टेस्ट सिरिजमा साउथ अफ्रिकासँग दुवै खेल गुमाएर सिरिज घरेलु मैदानमा क्लिन स्विप भोगेको थियो। तीन या सोभन्दा माथिको टेस्ट सिरिजमा पहिलो पटक भारतले घरेलु मैदानको सिरिजमा क्लिन स्विप भोगेको हो।

मुम्बईको वांखडे स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले आफ्नो पहिलो इनिङ्समा २ सय ३५ रन बनाएको थियो। जवाफमा भारतीय टिमले पहिलो इनिङ्समा २ सय ६३ रन बनाएर अलआउट भएको थियो।

भारतले पहिलो इनिङ्समा २८ रनको अग्रता बनाएको थियो। जवाफमा न्युजिल्यान्ड दोस्रो इनिङ्समा १ सय ७४ रनमै इनिङ्स समाप्त गर्न बाध्य भयो।

भारतले दोस्रो इनिङ्समा केवल १ सय ४७ रनको सामान्य लक्ष्य पाएको थियो। तर भारतीय टिम केवल १ सय २१ रनमा समेटिएपछि किवी टोलीले एतिहासिक रुपमा सिरिज क्लिन स्विप गर्‍यो।

भारतको तर्फबाट दोस्रो इनिङ्समा ऋषभ पन्तले सर्वाधिक ६४ रन बनाउनुबाहेक अन्य खेलाडीको प्रदर्शन गतिलो रहेन।

भारतलाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका लागि अजाज पटेलले ६ विकेट लिए। अजाजले खेलमा ११ विकेट लिए। उनी प्लेयर अफ द म्याच चुनिएका थिए।

न्युजिल्यान्डसँगको क्लिन स्विप भोगेको भारत विश्व टेस्ट च्याम्पियनसिपको वरियतामा दोस्रो स्थानमा झरेको छ।

यो सिरिजअघि भारतले ६२.८२ प्रतिशतसहित शीर्ष स्थानमा थियो। सिरिजपछि ५८.३३ प्रतिशत अङ्कका साथ दोस्रो स्थानमा झरेको हो।

सिरिजको अङ्कतालिकामा १२ खेल खेलेको अस्ट्रेलिया ९० अङ्क बनाएर ६२.५ प्रतिशत अङ्कका साथ शीर्ष स्थानमा छ।

१४ खेल खेलेको भारत ९८ अङ्क बनाएर ५८.३३ प्रतिशत अङ्कका साथ दोस्रो स्थानमा रहँदा श्रीलंका ५५.५६ प्रतिशत अङ्कका साथ तेस्रो र न्युजिल्यान्ड ५४.५५ प्रतिशत अङ्कका साथ चौंथो स्थानमा रहेको छ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...