News Portal

फुकुवा भयो भैरहवामा धेरै उडान गर्ने शर्तमा थाई एयर एसियाको उडान

हिमालीसंचार संवाददाता
४४५ पटक

काठमाडौं। काठमाडौंको तुलनामा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट धेरै उडान गर्ने सर्तमा थाई एयर एसियाको उडान फुकुवा गरिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफ्नो उडान अनुमति सकिएको अवस्थामा जबर्जस्ती जहाज नेपाल ल्याएर आएसँगै सो कम्पनीलाई थप उडानमा रोक लगाएको थियो।

थाई एयर एसियाले यसअघि प्राधिकरणसँग भैरहवामा ४ र काठमाडौंमा ३ उडान गर्ने प्रतिवद्धता जनाएको थियो।

सोही अनुसार उडान गर्ने शर्तमा सो कम्पनीमाथिको प्रतिवन्ध फुकुवा गरिएको प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता हंसराज पाण्डेले जानकारी दिए।

यो कम्पनीले आगामी १८ नोभेम्बरबाट भैरहवामा उडान थाल्ने बताएको छ। ‘अहिले भैरहवामा यात्रु छैनन्। तर, शून्य यात्रु भएपनि भैरहवामा धेरै उडान राख्ने सर्तमा उसलाई उडानको अनुमति दिइएको छ,’ पाण्डेले भने।

नेपालमा यस कम्पनीको उडान व्यवस्थापन गरिरहेको जनरल सेल्स एजेण्टलाई भने प्राधिकरणको कानून अनुसार सचेत गराउने काम भएको उनले बताए।

प्रतिकृया दिनुहोस्

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

ट्रमा सेन्टरको व्यवस्थापन कमजोर, सेवाग्राही सास्तीमा

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरमा व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावहीन बन्दै गएको भन्दै सर्वसाधारणको...