News Portal

बंगलादेशले जित्यो महिला साफ च्याम्पियनसिपको उपाधि

हिमालीसंचार संवाददाता
३८५ पटक

काठमाडौं। दक्षिण एसियाली फुटबल (साफ) महिला च्याम्पियनिसपको उपाधि बंगलादेशले जितेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै बंगलादेशले उपाधि जितेको हो।

खेलको ५२औ मिनेटमा बंगलादेशले गोल गर्दै १–० को अग्रता लिएको थियो भने खेलको ५५औं मिनेटमा नेपालका लागि अमिशा कार्कीले गोल गर्दै खेल बराबरी गरेकी थिइन्। तर खेलको ८० औँ मिनेटमा गोल गर्दै बंगलादेशले २–१ को अग्रता लिएको थियो।

त्यसपछि भने नेपालले गोल फर्काउन सकेन। योसँगै सेमिफाइनलमा भारतलाई हराउँदै फाइनल प्रवेश गरेको नेपालका लागि इतिहास लेख्ने मौका गुमेको छ।

अघिल्लो संस्करणमा भएको साफको फाइनलमा नेपाल बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित हुँदै पाचौँ पटक उपविजेता बनेको थियो। यो वर्ष पनि नेपाल उपविजेतामै सिमित बनेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन ३ गतेको राशिफल

आज फागुन ३, २०८२ ( फेब्रुअरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिकोत्सव सम्पन्न स्पेलिङ प्रतियोगिता आकर्षण

धादिङ– गंगाजमुना गाउँपालिका–५ मजुवास्थित सरस्वती आधारभूत विद्यालयको ४७ औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य...

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...