News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्कका विद्यालयमा बिदा

    हिमालीसंचार संवाददाता
    २७३ पटक

    न्यूयोर्क, अमेरिका। इतिहासमै पहिलोपटक हिन्दु पर्व दीपावली मनाउन न्युयोर्क सहरका विद्यालय नोभेम्बर १ मा बन्द गरिने भएका छन्।

    ‘यस वर्षको दीपावली विशेष छ। न्युयोर्क सहरको इतिहासमा पहिलोपटक दीपावली पर्वका लागि नोभेम्बर १ शुक्रबारका दिन विद्यालय बन्द गरिने भएको छ,’ मेयरको अन्तर्राष्ट्रिय मामिला विभागका उपायुक्त दिलीप चौहानले बताए।

    ‘११ लाख विद्यार्थी रहेको न्युयोर्क सहरका विद्यालयमा सार्वजनिक बिदा घोषणा गर्न सजिलो छैन’, चौहानले भने, ‘विभिन्न समुदायका नेता, अधिवक्ता, निर्वाचित अधिकारीहरूले धेरै वर्षदेखि यस विषयमा पहल गरिरहेका थिए। अन्ततः न्युयोर्क सहरका मेयर एरिक एडम्सको प्रशासनले नोभेम्बर १, शुक्रबार विद्यालय बिदाको घोषणा गरेको छ।’

    चौहानले दिपावलीका लागि सार्वजनिक बिदा घोषणा गरेकोमा मेयर एरिक एडम्सप्रति कृतज्ञता व्यक्त गरेका छन्। चौहानले भने, ‘मेयर एरिक एडम्सको यो घोषणाप्रति हामी धेरै आभारी छौँ। सबैलाई दीपावलीको शुभकामना।’

    यसअघि जुनमा, न्युयोर्क सहरले आधिकारिक रूपमा दीपावलीलाई सार्वजनिक विद्यालय बिदाका रूपमा घोषणा गरेको थियो। दिवाली हिन्दु, जैन, सिख र बौद्धद्वारा मनाइने प्रमुख चाडमध्ये एक हो। यो अब न्युयोर्क सहरका विद्यार्थीलाई उत्सव मनाउन सार्वजनिक विद्यालय बिदाको दिन हो।

    यसैबीच, अमेरिकी प्रथम महिला, जिल बाइडेन र राष्ट्रपति जो बाइडेनले अक्टोबर २८ मा ह्वाइट हाउसमा दिपावली उत्सवको आयोजना गरी संयुक्त राज्य अमेरिकाभरिका भारतीय मूलका अमेरिकीलाई उपस्थित हुन आमन्त्रण गरेकी थिइन्।

    ह्वाइट हाउसले सामाजिक सञ्जाल एक्समार्फत दिपावली उत्सवको तस्वीर साझा गर्दै लेखेको छ, ‘ह्वाइट हाउसका तर्फबाट सबैलाई दीपावलीको शुभकामना!’ (रासस/एएनआई)

    प्रतिकृया दिनुहोस्

    दक्षिण कोरियामा सैन्य कानुन लागु

    कोरिया। दक्षिण कोरियामा सैन्य कानुन लागु भएको घोषणा गरिएको छ। राष्ट्रपति युन सुक येओलले टेलिभिजनमार्फत...

    कुख्यात भ्रष्टाचारीको नाम सार्वजनिक गर्दै प्रभु साह

    काठमाडौं। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले कुख्यात भ्रष्टाचारीहरुको नामावली संकलन एवं सार्वजनिक गर्ने...

    मनकामना मन्दिरका पुजारीमाथि जातीय विभेदको आरोप

    हेटौँडा। मकवानपुर जिल्लाको हेटौंडा-८ कमानेस्थित मनकामना मन्दिरमा जातीय विभेदको घटना भएको छ। हेटौंडा-८ कमानेमा अवस्थित...

    साउदी र सिंगापुरमा ७ वर्ष रोजगारी गरेका कुमार अहिले गाउँमै दूध बेचेर कमाउँछन् वार्षिक ३० लाख

    बागलुङ। बागलुङ नगरपालिका–१४ नेपानेका ४५ वर्षीय कुमार बस्नेतले व्यावसायिक रूपमा गाईभैँसी पाल्न थालेकाे १२ वर्ष...

    नीर शाहलाई यसवर्षको ‘बिजुलीमाया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान गरिने

    काठमाडौँ। कलाकार तथा गीतकार नीर शाहलाई यस वर्षको ‘बिजुलीमाया वनः श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’ प्रदान...