News Portal

असइ र इन्स्पेक्टरमा किन पर्‍यो न्यून आवेदन ?

हिमालीसंचार संवाददाता
३११ पटक

काठमाडौं। नेपाल प्रहरीका लागि यस वर्ष निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असइ) भर्ना गर्दा न्यून संख्यामा आवेदन परेका छन्।

६४ जना इन्स्पेक्टरको माग पूरा गर्नका लागि जम्मा २ हजार ३०५ आवेदन परेको छ भने २५६ जना असइका लागि १५ हजार ९२१ जनाको मात्र आवेदन परेको छ। यो संख्या अन्य सरकारी सेवाका भर्नामा आउने आवेदनको तुलनामा निकै न्यून हो।

गत वर्ष इन्स्पेक्टरमा ९६ जनाको माग हुँदा २ हजार ७९३ आवेदन परेका थिए भने २६० जना असइका लागि १९ हजार ९३२ जनाले आवेदन दिएका थिए। आवेदन दर घट्नुलाई सुरक्षा सेवातर्फको आकर्षणमा कमी आएको संकेत मान्न सकिन्छ।

प्रहरी प्रवक्ता दानबहादुर कार्कीले सुरक्षा सेवामा आकर्षण घट्दै गएको बताउँछन्। उनी भन्छन्, ‘सुरक्षा सेवाको जागिर जोखिमपूर्ण र शारीरिक परिश्रम गर्नुपर्ने भएकाले धेरैले आकर्षण नदेखाएको जस्तो देखिन्छ।’

नयाँ पुस्तामा विदेशमा जाने मोह बढ्नु, प्रहरी सेवामा हुने कठिन ड्युटी, र न्यून सेवा-सुविधाका कारण पनि यो पेशा कम आकर्षक बनेको प्रहरी विभागको विगतका अध्ययनले देखाएका छन्।

नेपाल प्रहरीले आवेदन संख्या बढाउन विभिन्न उपाय अपनाए पनि, परिणाम प्रभावकारी हुन सकेको छैन। बरु, भर्ना भएकाहरूले पेन्सनको अवधि नपुग्दै जागिर छोड्ने प्रवृत्ति बढ्दै गएको छ।

निजामती सेवातर्फ भने हरेक वर्ष उच्च आवेदन दर देखिँदै आएको छ। प्रहरी मात्र होइन, सबै सुरक्षा निकायमा आवेदन दर घट्दै गएकाले, युवामा सुरक्षा सेवाप्रतिको आकर्षण कमजोर हुँदै गएको प्रहरी अधिकारीहरू बताउँछन्।

उनीहरूका अनुसार क्षमतावान् युवाहरूले सुरक्षा सेवामा रुचि नदेखाउँदा भविष्यमा संगठनको प्रभावकारितामा असर पर्नसक्ने चिन्ता पनि बढेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...