News Portal

लेबनानमा ५ इजरायली सैनिकको मृत्यु, ४ गम्भीर घाइते

हिमालीसंचार संवाददाता
२९९ पटक

एजेन्सी। इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा ५ सैनिकको मृत्यु भएको र अन्य ४ जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ। मारिनेहरूमा दुई अधिकारीसहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए।

इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा घर अगाडि हिजबुल्लाहद्वारा रकेटले आक्रमण गरेको थियो।

उक्त घटनामा ७ इजरायली सैनिकहरुलाई सामान्य चोट लागेको र अन्य १० जना सामान्य घाइते भएको बताएको छ। यस घटनाले बुधबार र बिहीबार दक्षिणी लेबनानमा मारिएका इजरायली सैनिकको सङ्ख्या १० पुगेको छ, जबकि ११ गम्भीर घाइते भएका छन्।

साथै, इजरायली वायुसेनाले बिहीबार दक्षिणी लेबनानमा हिजबुल्लाहको रडवान एलिट इकाईका कमाण्डर अब्बास अदनान मोस्लेमलाई मारेको छ।

इजरायली सेनाले बिहीबार दक्षिणी लेबनानमा २ सय भन्दा बढी हिजबुल्लाह लक्ष्यहरू आक्रमण गरेका विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...