News Portal

डा.सुनिल शर्माद्वारा बिपन्न बिरामीको उपचारमा १ लाख सहयोग

हिमाली संचार संवाददाता
५४६ पटक

रबिन्द्र बराल : नोबेल शिक्षण अस्पतालका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्माले बिपन्न बिरामीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् । शरीरमा तातोपानी खनिएर घाईते भई उपचारका क्रममा आर्थिक अभाव झेल्दै आएकी बेलवारी–४ काकुम स्थित शान्ति चौककी सुकमाया राईको उपचारका लागि डा.शर्माले सहयोग गरेका हुन् ।

गत कात्तिक २३ गते थुक्पा उमालेको तातोपानी फाल्ने क्रममा शरीरमा खनिएर ४७ बर्षीय राई गंभीर घाईते भएकी थिईन् । अनुहारसहित शरीरका अधिकांस भाग पातोपानीले पोलेर खुईलिएको छ । मरणासन्न अवस्थामा पुगेकी राईलाई उपचारका लागि राजधानी पुर्याईएको छ । न्यून आर्थिक अवस्थाको राई परिवारले शुकमायाको उपचारका लागि खर्चको जोहो गर्न नसक्दा उनको ज्याननै जोखिममा परेको थियो । ज्यालामजदुरी गर्दै आएको राई परिवारको पीडा थाहा पाएर डा.शर्माले उनको घरैमा पुगी पीडित परिवारलाई आर्थिक सहयोग उपलब्ध गराएका हुन् । डा.शर्मा र उनकी आमा होमादेवी न्यौपानेले बिरामी शुकमायाँका ससुरा वीरबहादुर राईलाई रकम हस्तान्तरण गरेका थिए ।

रकम हस्तान्तरणपछि बोल्दै डा.शर्माले न्यून आर्थिक अवस्थाका कारण उपचार गर्न नसकेर समस्या झेल्दै आएका बिरामीलाई आफुले सकेको सहयोग गर्न तत्पर रहेको प्रतिक्रिया दिए । ‘यो क्षेत्रका बिरामीले पैसा अभावकै कारण उपचार गर्न नसकेर मर्नु पर्दैन ।’ डा.शर्माले भने ‘वास्तविक बिपन्न बिरामीलाई उपचारका लागि सक्दो सहयोग गर्नेछु ।’

उपचारका लागि पैसा नभएर चन्दा उठाउँदै गरेको अवस्थामा डा.शर्माको सहयोगका कारण धेरै राहत मिलेको बिरामी शुकमायाँकी सासु भगिरथी राईले बताईन् । ‘हामी गरिवले समस्या पर्दा भगवान पुर्काथ्यौ । तर, सुनिल वावु साच्चै भगवान भएर आउँनुभयो ।’ उनले भनिन् ।

डा.शर्माले यसअघि स्तन क्यान्सरबाट पीडित सुन्दरहरैचाकी ३२ बर्षीया नन्दकुमारी मगरको उपचारका लागि एक लाख सहयोग गरेका थिए । उनले हजारौं बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाएका छन् ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...