News Portal

एयर इन्डियाको विमान सुरक्षित अवतरण

हिमालीसंचार संवाददाता
२६१ पटक

काठमाडौँ। तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्‍यो।

खुसीको कुरा- विमान सुरक्षित अवतरण भयो। यसमा १ सय ४० यात्रु थिए। केही घण्टा आकाशमा उडेपछि विमान सुरक्षित अवतरण भयो।

शारजाहका लागि उडेको आईएक्स६१३ ले उडान भरेको केही समयपछि पाइलटले प्राविधिक गडबडी पत्ता लगाएपछि आपतकालीन घोषणा गरेका थिए।

विमानले त्रिची एयरफिल्डमा एक घण्टाभन्दा बढी उडान भरेको थियो। विमानलाई सुरक्षित अवतरण गराउन पहिले हावामा डिफ्युल गर्ने प्रक्रियाबाट गुज्रनुपर्थ्यो।

यसअघि विमानस्थलका निर्देशक गोपालकृष्णनले विमानमा रहेको इन्धन कम गरी सुरक्षित अवतरण गर्न सकियोस् भनेर त्रिची विमानस्थलमा विमान परिक्रमा गरिरहेको बताए।

सुरक्षाका लागि विमानस्थलमा २० भन्दा बढी एम्बुलेन्स र दमकल तैनाथ गरिएको थियो। कुनै पनि सम्भावित दुर्घटनाको सामना गर्न आकस्मिक सेवाहरू पूर्ण रूपमा तयार थिए।

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...