News Portal

एयर इन्डियाको विमान सुरक्षित अवतरण

हिमालीसंचार संवाददाता
३०१ पटक

काठमाडौँ। तमिलनाडुको त्रिचीबाट यूएईको शारजाहका लागि शुक्रबार साँझ उडेको एयर इन्डियाको विमान आकाशमै प्राविधिक गडबडीको सिकार भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा हाइड्रोलिक सिस्टम फेल भएर त्रिची एयरपोर्ट फर्किनुपरेको थियो। आकस्मिक अवतरण गर्नुपर्‍यो।

खुसीको कुरा- विमान सुरक्षित अवतरण भयो। यसमा १ सय ४० यात्रु थिए। केही घण्टा आकाशमा उडेपछि विमान सुरक्षित अवतरण भयो।

शारजाहका लागि उडेको आईएक्स६१३ ले उडान भरेको केही समयपछि पाइलटले प्राविधिक गडबडी पत्ता लगाएपछि आपतकालीन घोषणा गरेका थिए।

विमानले त्रिची एयरफिल्डमा एक घण्टाभन्दा बढी उडान भरेको थियो। विमानलाई सुरक्षित अवतरण गराउन पहिले हावामा डिफ्युल गर्ने प्रक्रियाबाट गुज्रनुपर्थ्यो।

यसअघि विमानस्थलका निर्देशक गोपालकृष्णनले विमानमा रहेको इन्धन कम गरी सुरक्षित अवतरण गर्न सकियोस् भनेर त्रिची विमानस्थलमा विमान परिक्रमा गरिरहेको बताए।

सुरक्षाका लागि विमानस्थलमा २० भन्दा बढी एम्बुलेन्स र दमकल तैनाथ गरिएको थियो। कुनै पनि सम्भावित दुर्घटनाको सामना गर्न आकस्मिक सेवाहरू पूर्ण रूपमा तयार थिए।

प्रतिकृया दिनुहोस्

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...

एमाले अझै तेस्रो शक्ति : केपी शर्मा ओली

काठमाडौं, १२ चैत – केपी शर्मा ओलीले आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (एमाले) अझै पनि...

८ किमि हिँडेर विद्यालय : मोरङको मिर्चाडाँगीका बालबालिकाको पीडा

रविन्द्र बराल मोरङ – के तपाईं पत्याउनु हुन्छ ? नेपालमै यस्तो गाउँ छ जहाँ पुग्न...

सिलाम साक्मासहित बालेनको उपस्थितिले झल्कायो सांस्कृतिक पहिचान

काठमाडौं, चैत १२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह प्रतिनिधिसभा सदस्यको शपथ...

आज २०८२ साल चैत १२ गतेको राशिफल

आज चैत १२, २०८२ ( मार्च २६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...