News Portal

३०० यात्रु सवार प्लेनमा आकाशमै बम रहेको सूचना भेटिएपछि…

हिमालीसंचार संवाददाता
९४१ पटक

एजेन्सी। लन्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको एक फ्लाइट युके१८ मा बम रहेको सूचनाले हंगामा मच्चिएको छ।

फ्लाइट दिल्ली पुग्नु भन्दा साढे ३ घण्टा पहिले एक यात्रुले प्लेनको ट्वाइलेटमा बम रहेको धम्कीपूर्ण टिश्यु पेपर देखेका थिए। उनले तत्तकालनै क्रु मेम्बरलाई सूचना दिएका थिए।

यद्यपि फंलाइटको दिल्ली ल्यान्ड गरिएपछि आइसोलेशनमा लगिएको थियो। जहाँ सबै पेसेन्जर्सको सामान तथा उनीहरुको ज्यानको कडा चेकजाँच गरियो।

तर बम जस्तो कुनै बस्तु फेला परेन्। यद्यपि प्लेनमा बम रहेको सूचनाका बाबजुत प्लेन साढे ३ घण्टा आकाशमा उडेको थियो।

पुलिसले क्रु मेम्बर्सलाई बम रहेको सूचनाका बाबजुत किन प्लेन दिल्लीसम्म लान परेको नजिकै कुनै देशमा किन आपत्कालिन ल्यान्ड नगरेकाे भनेर प्रश्न गरेको थियो।

जवाफमा पाइलट तथा क्रु मेम्बरहरुले बाटोमा प्लेन ल्यान्ड गरेको खण्डमा सूचना लेख्नेले प्लेन अपहरण गर्न सक्ने डरका कारण नरोकेको जवाफ दिए। यो खतराबाट बच्नका लागि प्लेनलाई सिंधै दिल्लीमै ल्यान्ड गरेको क्रु मेम्बरहरुले बताएका छन्।

प्लेनमा करिब ३०० मानिसहरु रहेको भारतीय सञ्चार माध्यामले जनाएका छन्। एक यात्रुले बमको सूचना पछि बाटोभर डर र त्रासपूर्ण यात्रा गरेको बताए। फ्लाइट तोकिएको समय अर्थात बिहान ११ः२० मा दिल्ली पुगेको थियो।

तर यसलाई एकदमै एकान्त ठाउँमा रोकिएको थियो। यसपश्चात सुरक्षाकर्मीहरुले पुरै फंलाइट घेरेका थिए। त्यसपछि सबै यात्रुहरुलाई एक/एक गरेर विस्तारै उतारिएको थियो।

सबैभन्दा पहिले बिजनेस क्लास त्यसपछि प्रिमियर इकोनोमिक क्लास र अन्तमा इकोनोमिक क्लासका प्यासेन्जर्सलाई ओरालिएको थियो। सबै लगेजहरुलाई बाहिर नै स्क्यान गरिएको थियो।

यात्रिहरुलाई बताययोकी सबै सामानहरुको चेकजाँचपछि फ्लाइटमा यात्रुहरुलाई आफ्नो सामान चिन्नका लागि दिएको थियो। त्यसपछि उनीहरुलाई टर्मिनलको भित्र पठाइएको थियो।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...