News Portal

३०० यात्रु सवार प्लेनमा आकाशमै बम रहेको सूचना भेटिएपछि…

हिमालीसंचार संवाददाता
८८५ पटक

एजेन्सी। लन्डनबाट दिल्लीका लागि उडेको विस्तारा एयरलाइन्सको एक फ्लाइट युके१८ मा बम रहेको सूचनाले हंगामा मच्चिएको छ।

फ्लाइट दिल्ली पुग्नु भन्दा साढे ३ घण्टा पहिले एक यात्रुले प्लेनको ट्वाइलेटमा बम रहेको धम्कीपूर्ण टिश्यु पेपर देखेका थिए। उनले तत्तकालनै क्रु मेम्बरलाई सूचना दिएका थिए।

यद्यपि फंलाइटको दिल्ली ल्यान्ड गरिएपछि आइसोलेशनमा लगिएको थियो। जहाँ सबै पेसेन्जर्सको सामान तथा उनीहरुको ज्यानको कडा चेकजाँच गरियो।

तर बम जस्तो कुनै बस्तु फेला परेन्। यद्यपि प्लेनमा बम रहेको सूचनाका बाबजुत प्लेन साढे ३ घण्टा आकाशमा उडेको थियो।

पुलिसले क्रु मेम्बर्सलाई बम रहेको सूचनाका बाबजुत किन प्लेन दिल्लीसम्म लान परेको नजिकै कुनै देशमा किन आपत्कालिन ल्यान्ड नगरेकाे भनेर प्रश्न गरेको थियो।

जवाफमा पाइलट तथा क्रु मेम्बरहरुले बाटोमा प्लेन ल्यान्ड गरेको खण्डमा सूचना लेख्नेले प्लेन अपहरण गर्न सक्ने डरका कारण नरोकेको जवाफ दिए। यो खतराबाट बच्नका लागि प्लेनलाई सिंधै दिल्लीमै ल्यान्ड गरेको क्रु मेम्बरहरुले बताएका छन्।

प्लेनमा करिब ३०० मानिसहरु रहेको भारतीय सञ्चार माध्यामले जनाएका छन्। एक यात्रुले बमको सूचना पछि बाटोभर डर र त्रासपूर्ण यात्रा गरेको बताए। फ्लाइट तोकिएको समय अर्थात बिहान ११ः२० मा दिल्ली पुगेको थियो।

तर यसलाई एकदमै एकान्त ठाउँमा रोकिएको थियो। यसपश्चात सुरक्षाकर्मीहरुले पुरै फंलाइट घेरेका थिए। त्यसपछि सबै यात्रुहरुलाई एक/एक गरेर विस्तारै उतारिएको थियो।

सबैभन्दा पहिले बिजनेस क्लास त्यसपछि प्रिमियर इकोनोमिक क्लास र अन्तमा इकोनोमिक क्लासका प्यासेन्जर्सलाई ओरालिएको थियो। सबै लगेजहरुलाई बाहिर नै स्क्यान गरिएको थियो।

यात्रिहरुलाई बताययोकी सबै सामानहरुको चेकजाँचपछि फ्लाइटमा यात्रुहरुलाई आफ्नो सामान चिन्नका लागि दिएको थियो। त्यसपछि उनीहरुलाई टर्मिनलको भित्र पठाइएको थियो।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...