News Portal

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट फलाई दुबईले सातै दिन र जजिराले ३ दिन उडान भर्ने

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाण्डौं। फलाई दुबईले आगामी कार्तिक २४ गतेदेखि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हप्ताको सातै दिन उडान गर्ने भएको छ।​

फलाई दुबईले दुबई–भैरहवा र भैरहवा, काठमाडौं हुँदै दुबई उडान गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सह प्रवक्ता ज्ञानेन्द्र भूलले जनाएका छन्। कार्तिकदेखि फलाई दुबई भैरहवा उडान भर्न तयार रहेको जनाइएको छ।

फलाई दुबईको जहाज दिउँसो एक बजेर ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ। भैरहवाबाट पौने ३ बजे काठमाडौं प्रस्थान गरेर साढे ३ बजे काठमाडौंमा पुग्नेछ। काठमाडौंबाट साढे ४ बजे दुबई उड्ने तालिका सार्वजनिक भएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि एकतर्फी उडान भएपनि भैरहवाबाट दुबई जानेलाई सहज हुने छ। भैरहवाबाट दुबई जान चाहनेले काठमाडौंमा एक घण्टा ‘ट्रान्जिट’मा बस्नु पर्नेछ।

विमानस्थल उद्घाटन भएको लामो समय भएपनि यहाँबाट अन्तर्राष्ट्रिय उडान नहुँदा यहाँका निजी क्षेत्र निराश भएका छन्। सुरुवाती उडान गरेका जजिरा एयरले पनि केही समययता उडान रोकेको थियो।

दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्‌घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो। तर विभिन्न समस्या देखाएर बीचमा रोकेको थियो।

अहिले कुवेतको जजिरा एयरवेज पुनः नियमित उडान गर्ने जानकारी दिइसकेको छ। जजिराले कार्तिक १२ गते अर्थात् अक्टोबर २८ बाट कुवेत-भैरहवा-कुवेत उडान गर्न विमानस्थलबाट सोमबार नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ।

हप्तामा ३ दिन जजिराको जहाज बिहान ६ बजेर २५ मिनेटमा भैरहवा आएर ७ बजेर १० मिनेटमा कुवेत उड्ने छ।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...