News Portal

छानबिन समितिले पनि रवि लामिछानेलाई दोषी देखाएको छैन् – प्रचण्ड

हिमालीसंचार संवाददाता
२९४ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन्।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको दाबी गरे। आज चितवन पुगेका दाहालले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले भने,‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन। गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको मैले सुनेको छु।’

उनले आफूले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए। उनले भने,फेरि मैले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने हुँदैन्। सरकार छ। अनि सम्बन्धित निकायहरु छन्। अब सहकारीसम्बन्धी संसद्बाट कार्यदल बन्यो। त्यो बनाउनुपर्छ भन्नेमध्ये म पनि एउटा हुँ। अर्को रवि लामिछाने पनि हो। एउटा कुरा बुझ्नुपर्छ। छानबिन समिति बनाउनुपर्छ भन्ने रवि लामिछानेजी हो।

बरु, बनाउन हुन्न भन्ने केपी ओलीजी हो। अहिले प्रधानमन्त्री हुनुहुन्छ। उहाँले बरु छानबिन समिति बनाउने कुरामा मेरो विरोध छ भन्नु भएको थियो। अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ। कारबाही गर्न कसैले रोकेको छैन्। तर, कार्यदलले सहकारी ठगीमा रवि लामिछानेलाई आरोपित गरेको अहिलेपनि छैन्।

गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होईन।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...