News Portal

छानबिन समितिले पनि रवि लामिछानेलाई दोषी देखाएको छैन् – प्रचण्ड

हिमालीसंचार संवाददाता
२६८ पटक

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपाका सभापति रवि लामिछानेको बचाउ गरेका छन्। उनले अहिलेपनि संसदीय छानबिन समितिले लामिछानेलाई दोषी नदेखाएको स्पष्ट पारेका छन्।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा लामिछानेले सहकारी ठगी गरेको प्रमाण नपाएको दाबी गरे। आज चितवन पुगेका दाहालले यस्तो स्पष्टीकरण दिएका हुन्।

उनले भने,‘सहकारी ठगीसम्बन्धी अध्ययन गर्न बनेको संसदीय कार्यदलले पनि लामिछानेलाई दोषी देखाएको छैन। गोरखा मिडिया नेटवर्कसम्बन्धी केही चिज छ भनिएको, यद्यपि पोखराको अदालतले समेत रविलाई समाउन दोषी नभएको भनेको मैले सुनेको छु।’

उनले आफूले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने नहुने बताए। उनले भने,फेरि मैले भनेर रविलाई पक्राउ गर्ने वा नगर्ने भन्ने हुँदैन्। सरकार छ। अनि सम्बन्धित निकायहरु छन्। अब सहकारीसम्बन्धी संसद्बाट कार्यदल बन्यो। त्यो बनाउनुपर्छ भन्नेमध्ये म पनि एउटा हुँ। अर्को रवि लामिछाने पनि हो। एउटा कुरा बुझ्नुपर्छ। छानबिन समिति बनाउनुपर्छ भन्ने रवि लामिछानेजी हो।

बरु, बनाउन हुन्न भन्ने केपी ओलीजी हो। अहिले प्रधानमन्त्री हुनुहुन्छ। उहाँले बरु छानबिन समिति बनाउने कुरामा मेरो विरोध छ भन्नु भएको थियो। अहिले उहाँ नै प्रधानमन्त्री हुनुहुन्छ। कारबाही गर्न कसैले रोकेको छैन्। तर, कार्यदलले सहकारी ठगीमा रवि लामिछानेलाई आरोपित गरेको अहिलेपनि छैन्।

गोरखा मिडिया नेटवर्कसँग सम्बन्धित केही चिज छ भनिएको छ। मैले रोकेर रोकिने कुरा पनि होईन।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २३ गतेको राशिफल

आज पुष २३, २०८२ (जनवरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई मृत्युदण्डको सजाय

कुवेत– फौजदारी अदालतले दुई भारतीय लागूऔषध तस्करलाई १४ किलोग्राम हेरोइन र ८ किलोग्राम शाबुसहित पक्राउ...

गैरीगाउँस्थित काठ गोदाममा आगलागी

काठमाडौं, २२ पुस – काठमाडौंको गैरीगाउँ क्षेत्रमा मंगलबार एक काठको गोदाममा आगो लागेको छ। आगो...

रास्वपा सचिवालय बैठक काठमाडौंमा जारी

काठमाडौं, २२ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टीको केन्द्रीय कार्यालयमा सुरु...

ईश्वर पोखरेलबाट जिम्मेवारी फिर्ता, नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्व विष्णु रिमाललाई

काठमाडौं, २२ पुष – नेकपा एमालेले नीति तथा अनुसन्धान प्रतिष्ठानको नेतृत्वमा फेरबदल गरेको छ। च्यासलमा...