News Portal

लेबनानमा इजराइलको आक्रमण : एक सातामा २ हजारको मृत्यु

हिमालीसंचार संवाददाता
२८९ पटक

एजेन्सी। इजरायली सेनाले लेबनानमा जारी राखेको आक्रमणमा एक हप्तामा २ हजार मानिसको मृत्यु भएको छ। यसमध्ये १२७ बालबालिका र २६१ महिला छन्।

राजधानी बेरुतसहित कयौँ सहरमा हवाई आक्रमण र दक्षिणी सीमा क्षेत्रमा शुरु भएको स्थलगत आक्रमणमा हजारौँ मानिस घाइते भएका छन्। हालसम्म बेरुतबाट १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

अल जजिराका अनुसार इजरायलले दक्षिणी सीमादेखि बेरुतसम्मै क्रुरुरतापूर्वक हवाई आक्रमण जारी राखेको छ। प्रत्येक आक्रणममा केही न केही व्यक्ति मारिएका छन्।

इजरायलले एक आदेश जारी गर्दै १५ अक्टोबरसम्म दक्षिणी बेरुतको बुर्ज अल–बरजनेह र हरेत हरेक क्षेत्रका स्थानीयलाई उक्त क्षेत्रमा खाली गर्न भनेको छ।

इजरायलले त्यहाँ हिजबुल्लाह समूहका कार्यालयहरु रहेको भन्दै तीनलाई नष्ट गर्न स्थानीयलाई त्यहाँबाट निस्किन आदेश दिएको हो।

हिजो दिनभरजसो बेरुतका विभिन्न ठाउँमा आक्रमण गरेको इजरायली सेनाले राति विमानस्थल तथा शरणार्थी शिविरमा बम वर्षा गराएको समाचारमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...