News Portal

लेबनानमा इजराइलको आक्रमण : एक सातामा २ हजारको मृत्यु

हिमालीसंचार संवाददाता
३२४ पटक

एजेन्सी। इजरायली सेनाले लेबनानमा जारी राखेको आक्रमणमा एक हप्तामा २ हजार मानिसको मृत्यु भएको छ। यसमध्ये १२७ बालबालिका र २६१ महिला छन्।

राजधानी बेरुतसहित कयौँ सहरमा हवाई आक्रमण र दक्षिणी सीमा क्षेत्रमा शुरु भएको स्थलगत आक्रमणमा हजारौँ मानिस घाइते भएका छन्। हालसम्म बेरुतबाट १२ लाखभन्दा बढी मानिस विस्थापित भएका छन्।

अल जजिराका अनुसार इजरायलले दक्षिणी सीमादेखि बेरुतसम्मै क्रुरुरतापूर्वक हवाई आक्रमण जारी राखेको छ। प्रत्येक आक्रणममा केही न केही व्यक्ति मारिएका छन्।

इजरायलले एक आदेश जारी गर्दै १५ अक्टोबरसम्म दक्षिणी बेरुतको बुर्ज अल–बरजनेह र हरेत हरेक क्षेत्रका स्थानीयलाई उक्त क्षेत्रमा खाली गर्न भनेको छ।

इजरायलले त्यहाँ हिजबुल्लाह समूहका कार्यालयहरु रहेको भन्दै तीनलाई नष्ट गर्न स्थानीयलाई त्यहाँबाट निस्किन आदेश दिएको हो।

हिजो दिनभरजसो बेरुतका विभिन्न ठाउँमा आक्रमण गरेको इजरायली सेनाले राति विमानस्थल तथा शरणार्थी शिविरमा बम वर्षा गराएको समाचारमा जनाइएको छ।

प्रतिकृया दिनुहोस्

नागरिकमा डर होइन विश्वास जगाउने गरी सेवा दिनुहोस् : आईजीपी अर्याल

काठमाडौं, १० चैत । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सुरक्षाकर्मीको उपस्थितिले सर्वसाधारणमा डर होइन, विश्वास...

भ्रष्टाचार रोक्न नसके रास्वपा टिक्न सक्दैन : महावीर पुन

काठमाडौं, १० चैत – प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री महावीर पुन ले भ्रष्टाचार नियन्त्रण प्रभावकारी रूपमा...

आज २०८२ साल चैत १० गतेको राशिफल

आज चैत १०, २०८२ ( मार्च २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...