News Portal

विपद् प्रभावितका लागि भन्दै पैसा उठाउँदै थाइल्याण्डकाे एनआरएनए, विज्ञप्ति नै शंकास्पद !

लोकेन्द्र ओली
२८७ पटक

बैंकक। गैरआवासीय नेपाली संघ थाइल्याण्डले नेपालका विपद् प्रभावितको राहत तथा सहयोगका लागि भन्दै पैसा उठाउने अभियान चलाएको छ। अझ पैसा उठाउन सार्वजनिक विज्ञप्ति नै जारी गरेको छ।

राष्ट्रिय समन्वय परिषद् थाइल्याण्डले आफ्ना सदस्यहरुको बैठक राखेर सहयोग गर्नका लागि निश्चित मापदण्ड बनाउनुपर्नेमा अध्यक्षको हस्ताक्षर र खाता नम्बर राखेर विज्ञप्ति जारी गर्नुले शंका उब्जिएको सदस्यहरुले बताएका छन्।

अर्कोतिर विज्ञप्तिको भाषा, शुद्धाशुद्धी र ढाँचा नमिलेको तथ्य हेर्दा झनै शंकास्पद देखिन्छ। विज्ञप्तिमा भनिएको छ, ‘विपद्को यस घडीमा यथाशक्य छिटो राहत तथा सहयोगका लागि राष्ट्रिय समन्वय परिषद् थाईलैंड अन्तर्गत रहनुभएका सम्पूर्ण गैरआवासीय नेपालीमा हार्दिक अपिल गर्दछौं। आर्थिक सहयोग देहायको खाता नम्बरमा उपलब्ध गराइदिनु आग्रह गर्दछौं।’ विज्ञप्तिमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् थाईलैंड लेखिएको छ। जुन मिलेको छैन।

मातृभूमि विपत्तिमा सहयोग गर्नु हरेक नेपालीको दायित्व हो। तर जिम्मेवार संस्था र त्यसका पदाधिकारीले विश्वसनीय रुपमा बैठक राखेर सामूहिकतामा सबैलाई समेटेर देशमा विपत्तिमा परेका दाजुभाइको घाउमा मल्हम पट्टी लगाउनुको सट्टा एकलरुपमा खातामा पैसा हाल भनेर भन्नु शोभनीय नभएको सदस्यहरु बताउँछन्।
(थाइल्याण्डनेपालकाे सहयोगमा।)

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...