News Portal

सरकारले लेबनानमा रहेका नेपालीलाई भन्यो- समस्या परेमा दूतावासमा सम्पर्क गर्नू

हिमालीसंचार संवाददाता
२८३ पटक

काठमाडौँ। सरकारले लेबनानमा रहेका नेपालीहरुलाई सतर्कता अपनाउन अनुरोध गरेको छ।

इजिप्टको कायरोस्थित नेपाली राजदूतावासले सूचना जारी गर्दै कुनै समस्या परेमा कायरोस्थित राजदूतावास तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।

केही दिनयता लेबनानमा विकास भइरहेको परिस्थितिका सन्दर्भमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता तथा सचेतना अपनाउन अनुरोध छ।

साथै, कुनै समस्या परेमा नेपाली राजदूतावास कायरो तथा बेरुतस्थित अवैतनिक नेपाली वाणिज्यदूतावासका देहायअनुसारको नम्बरमा सम्पर्क गर्नुहुन अनुरोध छ, दूतावासले जारी गरेको सूचनामा भनिएको छ।

दूतावासले कायरोस्थित दूतावासका द्वीतिय सचिव दीपक घिमिरेलाई ‌+२०१०९७७७२३४८ र तीतृय सचिव माधवराज काफ्लेलाई +२०१००२५०५९९७ नम्बरमा फोन तथा ह्वाट्सएपमार्फत सम्पर्क गर्न आग्रह गरेको छ।

यस्तै, बेरुतस्थित अवैतनिक महावाणिज्यदूत मोहम्मद गोजायललाई +९६१३३०११८१+९६१७१६८८८२१/ +९६१८१८८३७१३ मा फोन गर्न भनिएको छ।

पछिल्लो समय इजरायलले लेबनानको विद्रोही समूह हिज्बुल्लाहविरुद्ध आक्रमण गरिरहेको छ।

प्रतिकृया दिनुहोस्

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...

जाडोयाममा भक्काको व्यापार बढ्दै

रबिन्द्र बराल/ मोरङ, पुष ९ – मोरङको हुलाकी सडक किनारका चोक–चोकमा जाडोयाम सुरु भएसँगै भक्काको...