News Portal

राजसंस्था फर्काउन फेरि तम्सियो राप्रपा, दशैंलगत्तै २० हजार कार्यकर्ता सडकमा उतार्ने

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाडौं। राजसंस्था पुर्नस्थापना,हिन्दूराज्य निर्माण र संघीयता खारेजीको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी फेरि एकपटक सडकमा उर्तिेने भएको छ।

राप्रपाका महामन्त्री डा. धवलशमसेर राणाले आज एक सूचना जारी गर्दै आन्दोलनको तयारीमा थाल्न सम्पूर्ण मातहतका निकायलाई निर्देशन दिएका छन्। राप्रपाले दशैं तिहारलगत्तै सडकमा आफ्ना कार्यकर्ता उतार्ने भएको छ।

राणाले मातहतका निकायलाई पठाएको पत्रमा भनिएको छ, राजसंस्था, सनातन हिन्दू अधिराज्य, प्रदेशी खारेजी, भ्रष्टाचारको अन्त्यलगायत ४० बुँदे माग तथा नवीन समझदारीको प्रस्तावनासहित राष्ट्रिय

प्रजातन्त्र पार्टीले सडक संघर्ष जारी राखेको विदितै छ। यसै सन्दर्भमा केन्द्रीय कार्य समिति, कार्य सम्पादन समितिको निर्णयबमोजिम आन्दोलन निरन्तर राख्दै देशभरिका ६,७४३ वडा प्रत्येकबाट कम्तीमा तीन जना बढीमा सके जति जुझारु सहयोद्धाहरू काठमाडौंँ केन्द्रित आन्दोलनमा सहभागी गराइनेछ।

आन्दोलनमा सक्रिय हुने सहयोद्धाका लागि राजनीतिक, परिचालन र व्यवस्थापनका प्राविधिक विषयहरूमा प्रशिक्षण दिन आन्दोलन परिचालन समितिले असोज ८ गते पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय प्रशिक्षक प्रशिक्षण सम्पन्न गरिसकेको छ।

आन्दोलन केन्द्रीत प्रशिक्षण संचालन गर्न केन्द्रीय प्रशिक्षकहरू सबै जिल्लामा पुग्ने राप्रपाले जनाएको छ।

जिल्ला खटिने प्रशिक्षकको टोलीसँग समन्वय गरी मातहत जिल्लामा प्रशिक्षणको लागि आवश्यक प्रबन्ध मिलाउन पनि राणाले कार्यकर्तालाई निर्देशन दिएका छन्।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...