आज : २०२६-०७-२९, बुधबार

रास्वपाले डाक्यो पत्रकार, के छ एजेडा ?

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार सम्मेलन आयोजना गर्दै छ।

दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन आयोजना गर्न लागेको हो।

पत्रकार सम्मेलनमा चिनियाँ भ्रमण तथा समसामयिक राजनीतिक घटनाक्रमबारे जानकारी गराइने पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।

सीपीसीको औपचारिक निम्तोमा १० दिने भ्रमणका लागि चीन गएको टोली भ्रमण छोट्याएर बिहीबार नै नेपाल फर्किएको छ।

उनीहरू आगामी असोज १४ गते नेपाल फर्कने कार्यतालिका थियो।

सहकारी प्रकरणमा जोडिएका सभापति रवि लामिछानेका साझेदार छविलाल जोशी पक्राउ परेपछि उत्पन्न राजनीतिक तरंगकाबीच उनीहरू बिहीबार फर्केका हुन्।