News Portal

  • दशकौंपछि चीनले गर्‍यो अन्तरमहादेशीय मिसाइल परीक्षण, देश बाहिरको क्षेत्रमा पहिलो निशाना

    हिमालीसंचार संवाददाता
    २२४ पटक

    काठमाडौं। चीनले दशकौंपछि पहिलो पटक अन्तरमहादेशीय मिसाइल परीक्षण गरेको छ।

    बेलायती विश्व च्यानल बीबीसीका अनुसार चीनले आईबीबीएम भनिने अन्तरमहादेशीय मिसाइल प्रशान्त सागर क्षेत्रसम्म मार हान्न प्रयोग गरेको छ।

    यस अगाडिका आईसीबीएमहरुलाई चीनकै भूमिमा परीक्षण गर्दै आएको चीनले पहिलो पटक आफ्नो सीमाभन्दा बाहिर निशाना बनाएको छ।

    चिनियाँ मिडियाहरुले मिसाइल हिँडेको क्षेत्रका देशहरुलाई अग्रिम जानकारी दिएको बताएको छ, तर जापानले आफूलाई त्यस्तो जानकारी नभएको सार्वजनिक गरेको छ।

    यस अगाडि चीनले सिन्च्याङ प्रान्तको ताक्लामाकाङ क्षेत्रमा यस्ता मिसाइलहरु परीक्षण गर्दै आएको थियो।

    पछिल्लो समय चीनले सन् १९८० मा आईसीबीएम परीक्षण गरेको थियो। त्यो समयमा चीनको आईसीबीएसले ९ हजार ७० किलोमिटरको दुरी पार गरेको थियो।

    पछिल्लो परीक्षणले कति दुरी पार गर्‍यो र कति लोड बोकेको भन्नेबारेमा खुलाइएको छैन।

    रुस र युक्रेन युद्ध, अमेरिका र चीनको बढ्दो शीतयुद्ध तथा हिन्द प्रशान्त क्षेत्रमा बढेको भूराजनीतिक तनावका दौरान चीनले गरेको आईसीबीएम परीक्षण भएकाले यसले विश्व हेडलाइन बनाएको छ।

    अझ चीनले झण्डै दुई दशकपछि परीक्षण गरेकोले पनि यसले चासो बढाएको देखिन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    एमालेको केन्द्रीय कमिटी बैठकको तयारी, स्थान पत्ता लाग्न बाँकी

    काठमाडौं, असोज १९ – नेकपा एमालेले असोज २७ देखि २९ गतेसम्म केन्द्रीय कमिटी बैठक आयोजना...

    देशभरका राजमार्ग बाढीपहिरोले अवरुद्ध, कतै एकतर्फी त कतै पूर्ण बन्द

    काठमाडौं, असोज १९ – देशका विभिन्न राजमार्गहरूमा निरन्तरको वर्षासँगै बाढी र पहिरोले यातायात अवरुद्ध भएको...

    इलाममा पहिरो विपद्: १८ जनाको मृत्यु, राजमार्गहरू ठप्प

    इलाम, असोज १९ – लगातारको वर्षापछि इलामका विभिन्न ठाउँमा पहिरो र बाढीका घटनाले ठूलो क्षति...

    आज २०८२ साल असोज १९ गतेको राशिफल

    आज असोज १९, २०८२ (अक्टोबर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    उदयपुर मिलिजुली समाज कुवेतले मनायो बडा दशैं बिशेष कार्यक्रम

    कमल सिंह ठकुरी/हिमाली संचार  ४ अक्टोबर २०२५ शनिबार। कुवेत सिटी। कुवेतमा चिरपरिचित सामाजिक संस्था उदयपुर...