News Portal

कार्यक्रम बिथोल्न म बिरुद्ध पक्राउ पूर्जी : दुर्गा प्रसाईँ

हिमालीसंचार संवाददाता
२८२ पटक

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले लालबन्दी सर्लाहीमा आफूले बिहीबारका लागि तय गरेकाे र्‍याली बिथोल्न सरकारले आफूबिरुद्ध पक्राउ पूर्जी लिएकाे आरोप लगाएका छन्।

उनले देशसञ्चारसँग कुरा गर्दै बिहीबारको कार्यक्रम बिथोल्न सरकारले आफूबिरुद्ध षड्यन्त्र गरेकाे बताएका छन्।

विद्युतीय कारोबार ऐनकाे व्यवस्था उल्लंघन गरेकाे आरोपमा प्रसाईँलाई पक्राउ गर्न काठमाडौँ जिल्ला अदालतले बुधबार अनुमति दिएको थियो। उनीसँग जीवन पाण्डे र दुर्गा खनाललाई पनि पक्राउ गर्न जिल्ला अदालतबाट प्रहरीलाई अनुमति प्राप्त भएकाे हाे।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माका अनुसार उनीमाथि विद्युतीय काराेबार ऐनकाे व्यवस्था उलंघन गरेको आराेप छ।

प्रसाईँले आफू काठमाडाैँमै रहेकाे पनि बताए। उनले संविधान दिवसमा अवसरमा बिहीबार सर्लाहीको लालबन्दीमा र्‍याली गर्ने तयारी गरेका थिए। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको थियो।

उनीहरूलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको हो। न्यायाधीश महेन्द्र काफ्लेकाे इजलासले प्रहरीलाई पक्राउको अनुमति दिएकाे हाे।

प्रतिकृया दिनुहोस्

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...