News Portal

  • प्रचण्ड र शेखरबीच दुई पटक लगातार भेटवार्ता, दुवै पक्षले भेटवार्ता किन लुकायो ?

    हिमालीसंचार संवाददाता
    २८० पटक

    काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला कांग्रेस–एमालेको सरकार बनेपछि मौन बसेका छन्।

    यसअघि दुई दल मिलेर संविधान संशोधन गरेर मुलुलकलाई सही ट्रयाकमा हिँडाउनुपर्ने भनेर वकालत गर्दै आएका शेखर दुई दल मिलेर सरकार बनाएपछि भने मौन बसेका छन्।

    कतिपयले शेखरको मौनतालाई अर्थपूर्ण रुपमा लिएका छन्। अहिले शेखर समूहले सरकारको बचाउ भन्दापनि आलोचनामा समय खर्चिएको चर्चा कांग्रेसभित्रै हुने गरेको छ।

    शेखरले दुई दल मिलेरमात्रै संविधान संशोधन गर्न खोजिए गलत हुने भन्दै त्यसतर्फ नेतृत्वको ध्यानाकार्षण गराउँदै आएका छन्।

    शेखर समूहले सरकारको आलोचना बढाउँदै लगेपछि प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उच्चस्तरको भेटवार्ता गरेका छन्।

    दुवै नेता अहिलेको गठबन्धन टुटाउन नदिनेगरि कसिलोसाथ अघि बढेका छन्। प्रतिनिधिसभाको बैठकमा सरकारको सय दिन नपुग्दै विपक्षी दलका नेता पुष्पकमल दाहालले सरकारविरुद्ध खोलेको फायरपछि संसद्मा अर्कै परिदृश्य देखिएको छ।

    प्रचण्डले सामान्य संसदीय शिष्टता पनि नदेखाएर सय नदिन नपुग्दै सरकारको आलोचना गरेपछि एमाले पँक्ति आक्रामक बनेको छ।

    एमाले सांसद योगेश भट्टराईले माओवादीको मानमर्दन गर्नेगरि जनयुद्धलाई हिंसा भनेर पटक पटक बोलेको भन्दै प्रचण्डपनि फायर छन्। अहिले यो विषयले संसद्मा अवरोध र मुठभेडको संकेत देखिएको छ।

    सभामुख देवराज घिमिरले पनि योगेशले प्रयोग गरेको उक्त शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने रुलिङ आएपछि माओवादी पँक्ति झनै आक्रोशित बनेको छ। यसको साईड ईफेक्ट अब भदौ ३० गते बस्ने प्रतिनिधिसभाको बैठकमा देखिने माओवादीका एक सांसदले जानकारी दिए।

    अहिलेको कांग्रेस र एमालेको बलियो सरकारको बारेमा स्वयम यी दुवै दलका नेतृत्वले सरकार लामो समय जाने र गठबन्धन नभत्कने भनेर बारम्बार अभिव्यक्ति आएपछि राजनीतिमा संशय पैदा भएको छ। बलियो सरकार हुँदाहुँदै किन नेतृत्वले सरकारको आयुबारे शंका नगर्न भनेको भनेर स्वयम ती दलका नेताहरुले पनि आश्चर्य प्रकट गर्ने गरेका छन्।

    विपक्षी दलका नेता प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच यो बीचमा दुई पटक लगातार छलफल भएको चर्चा छ। उनीहरुबीचको भेटवार्तासमेत अहिलेसम्म गुपचुप राखिएको छ।

    शेखर यतिवेला उपचारको लागि देशबाहिर छन्। प्रचण्ड भने पार्टीको कार्यक्रममा व्यस्त छन्। उनी भर्खरै कोशी र मधेश प्रदेशका कार्यक्रम सकेर काठमाडौं फर्किएका छन्।

    उनले काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका छन्। तर, दाहाल र शेखरबीचको भेटवार्ता भने अहिलेसम्म गुपचुप राखिएको छ। शेखर स्वदेश फर्किएपछि दुई नेता पूनः छलफलमा बस्ने भनिएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रहरीहरु ३ वटा सटरभित्र रहेको साधारण कोठामा रात बिताउन बाध्य

    रबिन्द्र बराल/मोरङ, कार्तिक २१ – ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरीहरु हाल ३ वटा सटरभित्र रहेको साधारण...

    रास्वपाले छिट्टै सत्ता सम्हाल्ने दाबी : डा. स्वर्णिम वाग्ले

    काठमाडौं, कार्तिक २१ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयभित्रै...

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...