News Portal

प्रचण्ड र शेखरबीच दुई पटक लगातार भेटवार्ता, दुवै पक्षले भेटवार्ता किन लुकायो ?

हिमालीसंचार संवाददाता
३३५ पटक

काठमाडौं। नेपाली कांग्रेसका प्रभावशाली नेता तथा सांसद डा. शेखर कोइराला कांग्रेस–एमालेको सरकार बनेपछि मौन बसेका छन्।

यसअघि दुई दल मिलेर संविधान संशोधन गरेर मुलुलकलाई सही ट्रयाकमा हिँडाउनुपर्ने भनेर वकालत गर्दै आएका शेखर दुई दल मिलेर सरकार बनाएपछि भने मौन बसेका छन्।

कतिपयले शेखरको मौनतालाई अर्थपूर्ण रुपमा लिएका छन्। अहिले शेखर समूहले सरकारको बचाउ भन्दापनि आलोचनामा समय खर्चिएको चर्चा कांग्रेसभित्रै हुने गरेको छ।

शेखरले दुई दल मिलेरमात्रै संविधान संशोधन गर्न खोजिए गलत हुने भन्दै त्यसतर्फ नेतृत्वको ध्यानाकार्षण गराउँदै आएका छन्।

शेखर समूहले सरकारको आलोचना बढाउँदै लगेपछि प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले पनि उच्चस्तरको भेटवार्ता गरेका छन्।

दुवै नेता अहिलेको गठबन्धन टुटाउन नदिनेगरि कसिलोसाथ अघि बढेका छन्। प्रतिनिधिसभाको बैठकमा सरकारको सय दिन नपुग्दै विपक्षी दलका नेता पुष्पकमल दाहालले सरकारविरुद्ध खोलेको फायरपछि संसद्मा अर्कै परिदृश्य देखिएको छ।

प्रचण्डले सामान्य संसदीय शिष्टता पनि नदेखाएर सय नदिन नपुग्दै सरकारको आलोचना गरेपछि एमाले पँक्ति आक्रामक बनेको छ।

एमाले सांसद योगेश भट्टराईले माओवादीको मानमर्दन गर्नेगरि जनयुद्धलाई हिंसा भनेर पटक पटक बोलेको भन्दै प्रचण्डपनि फायर छन्। अहिले यो विषयले संसद्मा अवरोध र मुठभेडको संकेत देखिएको छ।

सभामुख देवराज घिमिरले पनि योगेशले प्रयोग गरेको उक्त शब्द संसद्को रेकर्डबाट हटाउन नपर्ने रुलिङ आएपछि माओवादी पँक्ति झनै आक्रोशित बनेको छ। यसको साईड ईफेक्ट अब भदौ ३० गते बस्ने प्रतिनिधिसभाको बैठकमा देखिने माओवादीका एक सांसदले जानकारी दिए।

अहिलेको कांग्रेस र एमालेको बलियो सरकारको बारेमा स्वयम यी दुवै दलका नेतृत्वले सरकार लामो समय जाने र गठबन्धन नभत्कने भनेर बारम्बार अभिव्यक्ति आएपछि राजनीतिमा संशय पैदा भएको छ। बलियो सरकार हुँदाहुँदै किन नेतृत्वले सरकारको आयुबारे शंका नगर्न भनेको भनेर स्वयम ती दलका नेताहरुले पनि आश्चर्य प्रकट गर्ने गरेका छन्।

विपक्षी दलका नेता प्रचण्ड र कांग्रेस नेता शेखर कोइरालाबीच यो बीचमा दुई पटक लगातार छलफल भएको चर्चा छ। उनीहरुबीचको भेटवार्तासमेत अहिलेसम्म गुपचुप राखिएको छ।

शेखर यतिवेला उपचारको लागि देशबाहिर छन्। प्रचण्ड भने पार्टीको कार्यक्रममा व्यस्त छन्। उनी भर्खरै कोशी र मधेश प्रदेशका कार्यक्रम सकेर काठमाडौं फर्किएका छन्।

उनले काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवासँग भेटवार्ता गरेका छन्। तर, दाहाल र शेखरबीचको भेटवार्ता भने अहिलेसम्म गुपचुप राखिएको छ। शेखर स्वदेश फर्किएपछि दुई नेता पूनः छलफलमा बस्ने भनिएको छ।

प्रतिकृया दिनुहोस्

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...