News Portal

देउबासहित तीन शीर्ष नेताको अर्थपूर्ण राजनीतिक भेट

हिमालीसंचार संवाददाता
३१० पटक

काठमाडौं। बालुवाटारमा तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी अध्यक्ष पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको हो।

पार्टीको जिल्लास्तरीय कार्यक्रममा रहेका प्रचण्ड आज बिहान मात्रै काठमाडौं आइपुगेका थिए। ओली र प्रचण्डको कुराकानी भइरहेकै समय देउवा पनि बालुवाटार पुगेका थिए।

सत्तारुढ दलहरुले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरिरहेका बेला भएको भेटलाई अर्थपूर्ण मानिएको छ। माओवादीले सरकारको यो कदमको विरोध गर्दै आइरहेको छ।

प्रधानन्यायाधीश नियुक्तिका लागि हिजो संवैधानिक परिषद्को बैठक बोलाइएको थियो। तर राना र प्रचण्डको उपस्थिति निश्चित नरहेको सो बैठक भोलिसम्मका लागि सारिएको थियो।

आजको भेटमा समसामयिक राजनीतिक परिस्थिति, संवैधानिक परिषद् बैठक तथा संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुने प्रधानमन्त्रीको आशन्न अमेरिका भ्रमणलगायत विषयमा कुराकानी भएको बुझिएको छ।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...