News Portal

दह्रो राष्ट्रवादी शक्ति बनाउनेबारे राप्रपा र नेपाली कांग्रेस (बीपी)बीच छलफल

हिमालीसंचार संवाददाता
३०० पटक

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली कांग्रेस (बीपी) का अध्यक्ष सुशीलमान शेरचन नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ।

राप्रपा संसदीय दलको कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक परिस्थितिका विविध विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।

देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताका बारेमा बृहत कुराकानी भएको उनको भनाइ छ।

उनले भने, ‘विचार मिल्नेहरु एक ठाउँमा उभिएर दह्रो राष्ट्रवादी शक्ति बनाउनुपर्ने विषयमा घनीभूत छलफल भएको छ। देशको दीर्घकालीन हित, दिगो शान्ति र स्थिरताका लागि राजसंस्थाको अपरिहार्यताका बारेमा पनि छलफल भएको छ।’

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेस बीपीका महामन्त्री देवेन्द्र पौडेल र हेमन्त मल्ल, नेताहरु पूर्वमन्त्री झलकनाथ वाग्ले, जगन्नाथ घिमिरे, टिकेन्द्र कार्कीलगायत थिए भने, राप्रपाबाट प्रवक्ता गोपाल दाहाल सहभागी थिए।

प्रतिकृया दिनुहोस्

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...

आजको राशिफल: नयाँ अवसर, सकारात्मक ऊर्जा र सावधानीको सन्तुलन

काठमाडौँ। आज २०८३ साल जेठ ८ गते शुक्रबार। जेठ शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन्...

संसदमा प्रधानमन्त्रीको अनुपस्थितिले बढ्यो राजनीतिक तनाव

काठमाडौं । प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग हुने प्रश्नोत्तर कार्यक्रमलाई लिएर राजनीतिक विवाद चर्किएको छ। सभामुख डीपी अर्यालले...