News Portal

उद्घाटनको भोलिपल्टै बागलुङ बसपार्क सुनशान

हिमालीसंचार संवाददाता
२५६ पटक

बागलुङ। भव्य कार्यक्रमकाबीच उद्घाटन भएको बागलुङ बसपार्क २४ घण्टा नबित्दै सुनसान भएको छ। बाटोको दूरावस्था र सवारीसाधनको सुरक्षा चुनौती देखाउँदै व्यवसायीले सवारीसाधन बसपार्कमा लैजान आनाकानी गर्दा समस्या देखिएको हो।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले गत मङ्गलबार चालक र सहचालकलाई टीका लगाए बसपार्कको शुभारम्भ गरेका थिए।

बागलुङ नगरपालिका–४ दावगह्मा २३ वर्षपछि आधुनिक बागलुङ बसपार्क सञ्चालनमा आएको थियो। व्यवसायी विष्णुराज पन्तले असुरक्षाका कारण व्यवसायीले बसपार्कमा बस राख्न नसकेको बताए।

“बस ठोकिन्छ, कसरी त्यहाँ बस जान्छ र खै ?”, उनले आश्चार्य व्यक्त गर्दै भने, “नगरले सुरक्षा दिनुपर्यो नी, अनि मात्र ठूला सवारी गन्तव्यमा पुग्छन्।”

बसपार्क सञ्चालनमा ल्याएको नगरले भने व्यवसायीसँग सम्झौताको काम बाँकी रहेकाले केही दिन लाग्ने जनाएको छ।

“व्यवसायीसँग सम्झौता भएको छैन, हामी छलफलमै छौँ, एक दुई दिनमा काम टुङ्गो लाग्छ”, नगर प्रमुख वसन्तकुमार श्रेष्ठले भने, “एक दिन नचल्दैमा बसपार्क बन्द भयो भन्न मिल्दैन।” उनले बसपार्कलाई दिगो बनाउनका लागि यातायात व्यवसायीसँग लिखित रुपमा सम्झौता गरेर अघि बढ्ने योजना सुनाए।

निर्माण प्रक्रिया सुरुआत गरेको २३ वर्षपछि बागलुङ बसपार्क सञ्चालनमा ल्याइएको थियो। बसपार्क निर्माणका लागि नगर विकास कोषबाट ८ करोड ७० लाख ऋण लिइएको थियो। बसपार्कमा ८० ठूला बस, १० माइक्रोबस एकैसाथ राख्न सकिन्छ। (रासस)

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...